चीन । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । "/>

बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ को मृत्यु, १४ घाइते

बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ को मृत्यु, १४ घाइते

केन्द्रबिन्दु
0
Shares

चीन । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । 

स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतको शनिबार जानकारी दिएका छन् । स्थानीय समयानुसार शुक्रबार बेलुका ८ः४१ मा दुर्घटना भएको थियो । तिव्रगति आएको बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । 

घाइते भएकालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । रासस/सिन्ह्वा

Logo