अमेरिकाको मिडियामा आक्रमण, ५ जनाको मृत्यु

अमेरिकाको मिडियामा आक्रमण, ५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको मेरिल्याण्डस्थित पत्रिका क्यापिटल गजेटको कार्यालयमा आक्रमण भएको छ । हतियारधारीहरुले गरेको आक्रमणमा परी पाँच जना मानिसहरुको ज्यान गएको छ ।

कार्यालयमा प्रवेश गर्दै उनीहरुले तल्लो तलामा रहेका मानिसहरुमाथि आक्रमण सुरु गरेको प्रहरीको भनाइ छ । यस किसिमको आक्रमणको सूचना पाएको एक मिनेटभित्र प्रहरी कार्यालयमा पुगेको थियो तर कार्यालय पुग्दासम्म पाँच जनाको ज्यान गइसकेको थियो । यो आक्रमणमा दोषी रहेको हुनसक्ने आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सन् २०१२ मा उक्त समाचारपत्रको बदनाम गराउन उनले भूमिका खेलेको भन्दै मुद्दा लगाइएको थियो ।

प्रहरीले अहिले प्रहरी हिरासतमा रहेका करिब ३५ देखि चार वर्षको हाराहारीको व्यक्तिमाथि सोधपुछ गरिरहेको बताएको छ । यसअघि हिंसा हुनसक्ने धम्की सामाजिक सञ्जालमार्फत् दिइएको थियो ।

आक्रमणपछि एक सय ७० भन्दा बढी मानिसहरुलाई त्यो भवनबाट सुरक्षित निकालिएको थियो । (एजेन्सी)

Logo