मेक्सिकोको शहर ओकाम्पोमा कार्यरत सबै सुरक्षाकर्मी पक्राउ परेका छन् । उम्मेदवार फर्नान्डो एन्जेल्स जुआरेजको हत्यामा संलग्न भएको आशँका गर्दै सम्पूर्ण सुरक्षाकर्मीहरुलाई गिरप्mतार गरिएको हो । "/>

मेक्सिकोमा एउटा शहरका सबै प्रहरी गिरफ्तार

मेक्सिकोमा एउटा शहरका सबै प्रहरी गिरफ्तार

केन्द्रबिन्दु
0
Shares

मेक्सिकोको शहर ओकाम्पोमा कार्यरत सबै सुरक्षाकर्मी पक्राउ परेका छन् । उम्मेदवार फर्नान्डो एन्जेल्स जुआरेजको हत्यामा संलग्न भएको आशँका गर्दै सम्पूर्ण सुरक्षाकर्मीहरुलाई गिरप्mतार गरिएको हो ।

एक अज्ञात बन्धुकधारीले उनलाई आफ्नै घरको बाहिर गोली हानेर हत्या गरेका थिए । मिचेओकान शहरमा एक हप्तामा भएका हत्याहरुमा मृत्यु हुनेमध्ये एँजेल्स तेश्रो नेता हुन । मक्सिकोमा यो भन्दा अगाडी एक सय भन्दा धेरैेनेताहरुको हत्या भईसकृको छ । हत्यापछि सँघिय पुलिसले आइतवार २७ पुलिस अधिकारी र सार्वजनिक सुरक्षा स्थानीय सचिवको गिरफ्तार गरेको छ ।

एँजेल्स एक सफल ब्याबसायी थिए तर उनी राजनीतिमा पनि उत्तिकै लागि परेका थिए । पहिला उनी निर्दलीय उम्मेद्वारबाट लड्ने सोचमा थिए । तर पछि मेक्सिकोको एक ठूलो राजनीतिक पार्टी डेमोक्रेट रेवाल्युशनमा आबद्ध भए । एँजेल्सका निकटतम मित्र मिग्योल मालागोनले इआई युनिवर्सल पत्रिकामा भनेका छन ‘एन्जेल्स गरिबी असमाननता र भ्रष्टचार देख्न सक्दैन थिए सोहि कारण उनी उम्मेद्वार बन्न बाध्य भएका थिए ।’

हत्याको आरोप भने आकाम्पोका सुरक्षा सचिव आँस्कर गोजालेजलाई लगाइएको छ किनभने सँघिय पुलिस उनलाई गिरफ्तार गर्न जाँदा स्थनीय सुरक्षाकर्मीले सँघिय पुलिसलाई भित्र जान दिएका थिएनन् । त्यसपछि सोर्सफोर्सका साथ पुनः गएको सँघिय प्रहरीले स्थनीय सुरक्षाकर्मी सहित उनलाई गिरफ्तार गरेको छ । मेक्सिकोमा यही जुलाई एकबाट आम चुनाव हुँदैछ । 

Logo