अमेरीका र उत्तर कारीयाका राष्टप्रमूखबीच भएको भेटघाट १५ दिन नपुग्दै डोनाल्ड ट्रम्पले यूटर्न लिएका छन । उत्तर कोरीयाली तानशाह किम जोँग उनसँग उत्तर कोरीया बिरुद्ध कुनै खतरा नरहेको बताएका ट्रम्पले फेरि आज उत्तर कोरीयाली नीति अमेरीकाको लागि घातक हुने बताएका छन । "/>

ट्रम्पले गरे १० दिनमा यु-टर्न

ट्रम्पले गरे १० दिनमा यु-टर्न

केन्द्रबिन्दु
0
Shares

अमेरीका र उत्तर कारीयाका राष्टप्रमूखबीच भएको भेटघाट १५ दिन नपुग्दै डोनाल्ड ट्रम्पले यूटर्न लिएका छन । उत्तर कोरीयाली तानशाह किम जोँग उनसँग उत्तर कोरीया बिरुद्ध कुनै खतरा नरहेको बताएका ट्रम्पले फेरि आज उत्तर कोरीयाली नीति अमेरीकाको लागि घातक हुने बताएका छन ।

जुन १३ मा उत्तर कोरीयाबाट अमेरीकाका लागि कुनै समस्या नभएको र आफू चैनले निदाउने बताएका ट्रम्पले आफ्नो निर्णयलाई १० दिनमै बदलेका छन । ७० सालका दुश्मन अमेरीका र उत्तर कोरीया १२ जूनमा पहिलो पटक सिँगापूरमा भेटवार्ता गरेका थिए । ७१ बर्षका ट्रम्प र ३४ बर्षका किम जोँगलाई परमाणु हतियार पूर्ण रुपमा खत्तम गर्नको लागि राजि गरेका थिए ।

ट्रम्पले बदलामा सुरक्षाको ग्यारेन्टी दिएका थिए । उत्तर कोरीयाको माग पुरा गर्ने क्रममा ट्रम्पले दक्षिण कोरीयाका साथ सँयुक्त अभ्यास खत्तम गरेका थिए । ट्रम्प र किम लगभग ९० मिनेट सँगै रहेका थिए । दुबैका बिचमा ३८ मिनेट एक्लो भेटघाट भएको थियो । यो भन्दा पहिले अमेरीकी राष्ट्रपति (१९५३) ड्वाइट आइजनहोवर देखि लिएर बाराक ओबामा (२०१६) सम्म ११ अमेरिकी राष्ट्रपतिले उत्तरकोरीया बिचको समस्या सुल्झाउनेको प्रयास गरेका भए पनि असफल भएका थिए ।

पहिलो ट्विटमा ट्रम्पले लेखेका थिए- ‘बल्ल ठूलो सफलतापछि फर्किएको छु । अब जो कोहीले पनि सुरक्षित महशुुस गर्न सक्छ । उत्तर कोरीयाबाट परमाणुको डर छैन किम सँगको भेटवार्ता सकरात्मक भएको छ ।’

दोश्रो ट्वीटमा ट्रम्पले लेखेका छन- ‘राष्ट्रपति पद सम्हाल्नु भन्दा पहिले म यो मानिराखेको थिएँ कि उत्तर केरीयासँग हाम्रो युद्ध हुन्छ । पूर्व राष्ट्रपति ओबामाले पनि भनेका थिए उत्तर कोरीया हाम्रा लागि सबैभन्दा ठूलो खतरा छ । तर आजबाट आरामले सुत्न सक्नुुहुन्छ ।’

ट्रम्पले शूक्रबार उत्तर कोरीयाबिरुद्ध ११ औँ बर्ष नेशनल इमर्जेन्सी लागू गर्दै लेखेका छन- ‘उत्तर कोरीयाबाट परमाणुको खतरा अझै पनि रहेको छ ।’ उत्तर कोरीयाली सरकारको नीति र विशेष गरेर मिसाइल प्रोगाम तथा परमाणु कार्यक्रमबाट अझै पनि अमेरीकाको सुरक्षा, विदेश नीति र अर्थ ब्यवस्थामा खतरा रहेको बताएका छन ।

Logo