नयाँदिल्ली

भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । "/>

बिहिबार भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु

बिहिबार भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली

भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशमा ट्याक्टर र जीप एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना महिला रहेका छन् । मध्य प्रदेशको राजधानी भोपाल देखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाँउमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

स्थानीय प्रहरी प्रमुख अमित साङघीले सञ्चार माध्यमहरूलाई दिएको जानकारी अनुसार पारिवारिक काममा हिँडेका २० जना पारिवारिक सदस्यहरू जीपमा चढेका थिए । विपरित दिशाबाट आएको ट्याक्टरले सो जीपलाई ठक्कर दिएपछि स्थानीय समय अनुसार विहान ५ः३० मा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य तीन जनालाई उपचारका लागि अस्पताल लगिएपछि मृत्यु भएको घोषणा गरिएको अस्पतालका अधिकारीहरूले जनाएका छन् ।

“घटनामा परी अरु पाँच जना घाइते भएका छन् र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ,” एक स्वास्थ्यकर्मीले भने । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने स्वास्थ्यअधिकारीहरूले अनुमान गरेका छन् । घाइते अधिकांशलाई टाउकोमा चोट लागेकाले सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।
रासस/ सिन्ह्वा

Logo