बैंकक

थाइल्याण्डमा यस वर्ष मात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरु देखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो । "/>

यसवर्ष मात्रै डेंगुबाट २१ जनाको मृत्यु

यसवर्ष मात्रै डेंगुबाट २१ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैंकक

थाइल्याण्डमा यस वर्ष मात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरु देखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो ।

वर्षातको समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागले जानकारी दिएको छ । प्रभावित मध्ये अधिकांश १० देखि १४ वर्ष उमेर समूहका रहेका पाइएको छ ।

यसलाई नियन्त्रण गर्नका लागि विभागले देशव्यापी अभियान पनि चलाएको छ । अभियान अन्तर्गत घर, विद्यालय, अस्पताल, होटल, कारखाना, कार्यालय, मन्दिर लगायतका सार्वजनिक स्थल तथा मानिस धेरै बस्ने ठाँउमा लार्भा नष्ट गर्ने गरिएको बताइएको छ ।
रासस/सिन्ह्वा

 

 

Logo