मुम्बई

बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन् । "/>

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

केन्द्रबिन्दु
0
Shares

मुम्बई

बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन् । पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको पेशावरकी बासिन्दा नूरजहाँ यस वर्षको जुलाईमा हुन लागेको निर्वाचनमा पख्तूनख्वाहको असेम्बली सीटका लागि पीके ७७ पार्टीबाट उम्मेदवार बनेकी हुन् । उनी अहिले चुनाव प्रचारमा जुटेकी छिन् । आफूले चुनाव जित्ने उनको विश्वास छ ।

नूरजहाँ शाहरुखका काकाकी छोरी हुन् । भारत र पाकिस्तान अगल हुँदा शाहरुखका पिता मीर ताज मोहम्मद दिल्ली आएका थिए भने काका गुलाम मोहम्मदले पेशावरमै रहने निर्णय लिएका थिए ।

नूरजहाँले बीबीसीसँग कुरा गर्दै आफ्नो दाई शाहरुख पाकिस्तानमा लोकप्रिय भएपनि चुनाव प्रचारका लागि भने नबोलाउने स्पष्ट पारिन् । पछिल्लो पटक २०११ मा शाहरुखसँग मुम्बई आएर भेट गरेकी उनले भनिन्– ‘म शाहरुख खानलाई चुनाव प्रचारका लागि कहिल्यै भन्दिन । किनकी म सधै चाहन्छु की इलाकामा शान्ति होस् । उनलाई बोलाउँदा स्थिती भड्किन सक्छ । म आफ्नो क्षेत्रका मानिसको सहायता लिएर आफ्नो चुनावी अभियान आफै चलाउँछु ।’
एजेन्सी

Logo