सिंगापुर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित पहिलो शिखर वार्ता भर्खरै सकिएको छ । "/>

ट्रम्प र किम वीच एेतिहासिक वार्ता सम्पन्न

ट्रम्प र किम वीच एेतिहासिक वार्ता सम्पन्न

केन्द्रबिन्दु
0
Shares

सिंगापुर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित पहिलो शिखर वार्ता भर्खरै सकिएको छ । सिंगापुरमा केहीबेर अघि सकिएको वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प पहिले बाहिर निस्किएका थिए । लगत्तै किम पनि बाहिरिए ।

एेतिहासिक वार्तापछि दुवै नेताले पहिलो वार्ता फलदायी भएको प्रतिकृया दिए । राष्ट्रपति ट्रम्पले किमसँगको सम्बन्ध आगामी दिनमा पनि सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किने भएका छन् । अपेक्षा गरिए भन्दा चाडो उनी वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ ।

ट्रम्प र किमबीच मङ्गलबार (आज) सिंगापुरमा शिखर वार्ता भएको हो । ट्रम्प आज बेलुका आठ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्नेछन् । एक्ला एक्लै भेटवार्तामा उनीहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी थिए ।
एजेन्सी

Logo