मुम्बई

बलिउडका चर्चित अभिनेता सलमान खानको हत्या गर्ने ग्याङस्टरको योजना प्रहरीले असफल पारेको छ । "/>

सलमान खानलाई घर भित्रै मार्ने योजना !

सलमान खानलाई घर भित्रै मार्ने योजना !

केन्द्रबिन्दु
0
Shares

मुम्बई

बलिउडका चर्चित अभिनेता सलमान खानको हत्या गर्ने ग्याङस्टरको योजना प्रहरीले असफल पारेको छ । विश्नोई ग्याङ्ग (समूह) का शार्प शूटर संपत नेहराले प्रहरीसँगको बयानमा सलमानलाई उनकै घरको बालकोनीमा मार्ने योजना बनाएको खुलासा गरेका हुन् ।

नेहरालाई हरियाणा पुलिसको एसटीएफ टिमले गएको ६ जुनमा हैदराबादबाट पक्राउ गरेको थियो । फरार सूचीमा रहेका उनीमाथि प्रहरीले २ लाखको इनाम समेत राखेको थियो । उनी विश्नोई समूहका ग्याङ्गस्टर हुन् । प्रहरीसँगको अनुसन्धानमा नेहराले मुम्बई गएर सलमानको निगरानी गरेको देखिएको छ । सलमान आउने–जाने समय र उनको सुरक्षाकर्मीको बारेमा जानकारी लिएका थिए ।

नेहरा विरुद्ध यसअघि नै हत्या, अपहरण र सुपारी लिएर हत्या गर्दै हिडेको सहित दुई दर्जन भन्दा बढी मुद्दा चलिरहेका छन् ।यसअघि राजस्थानका ग्याङ्गस्टर लरेन्स विश्नोईले गएको ६ जनवरीमा खुलेयाम सलमानलाई ज्यान मार्ने धम्की दिएका थिए । यो धम्की दिनुको कारण १९९८ मा कालो हरिण शिकार मामिलासँग सम्बन्धित छ । जसमा सलमान अदालतबाट दोषी ठहरिसकेका छन् । हरिणलाई विश्नोई समुदायले पुज्ने गर्छ ।
नागरिकबाट

Logo