चिनियाँ राष्ट्रपति सि जिङपिङ र उनका रुसी समकक्षी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने भएको छ । शुक्रबारै रुसी राष्ट्रपति पुटिन बेइजिङ पुगेका हुन् । "/>

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनमा

केन्द्रबिन्दु
0
Shares

चिनियाँ राष्ट्रपति सि जिङपिङ र उनका रुसी समकक्षी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने भएको छ । शुक्रबारै रुसी राष्ट्रपति पुटिन बेइजिङ पुगेका हुन् । दुई नेताबीच अमेरिकासँगको कूटनीतिक सम्बन्ध र आर्थिका चुनौतिको विषयमा वार्ता हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि सो भेटवार्तामा हुने भनिएका कुराकानीका बारेमा भने केही बाहिर आएको छैन । केही समाचारहरुमा भने आगामी मङ्गलबार सिङ्गापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको शिखर वार्ताको विषयमा सो बैठकमा कुराकानी हुने बताइएको छ ।

चौथो कार्यकालको लागि गत मार्चमा निर्वाचित पुटिन ‘ग्रेट हल अफ द पिपुल्स इन बेइजिङ्’ पुगी राष्ट्रपति सिसँग वार्ता गर्नुहुने बताइएको छ । पुटिनलाई राष्ट्रपति हुन पाउने कार्यअवधि भन्दा पनि बढी समयसम्म राष्ट्रपति हुन पाउने प्रावधानबमोजिमको कानुन बनाएर सो पदमा पुग्न सफल नेताको रुपमा हेरिन्छ ।

उनको स्वागत कार्यक्रममा दुबै राष्ट्रप्रमुखले चिनियाँ सेनाको विशेष सलामी ग्रहण गरेका थिए । साथै उनीहरुलाई स–साना बालबालिकाले दुवै देशका झण्डा फहराएर स्वागत गरेका थिए । दशकौँदेखि शक्तिमा रहन सफल यी दुई नेताबीच सम्बन्ध थप बलियो भएको छ । यी दुई देश आर्थिक रुपमा पनि सम्पन्न हुदै गएपछि अमेरिकामाथि पनि आर्थिक प्रतिद्वन्द्वीको रुपमा चुनौति थपिएको छ ।

सि र पुटिन आफ्नो देशलाई अझै सफल र बलियो बनाउन सँगसँगै हिडेका साथीको रुपमा रहेका ‘कार्नेगी मस्को सेन्टर’ का वरिष्ठ अधिकारीले बताएका छन् । रुसी राष्ट्रपति पुटिनले एक असल मित्रको भूमिका निभाउनु भएको चिनियाँ राष्ट्रपति सिले हालै दिएको एक अन्तरवार्तामा बताएका छन् ।

पछिल्लो समयमा अमेरिकासँग रुसको सम्बन्धमा दरार उत्पन्न भएको छ । अमेरिकाको यस सम्बन्धका कारण पनि यी दुई देश आपसमा झनै नजिकिन पुगेका हुन् । एजेन्सी

 

Logo