फेसबुक चलाउन पैसा दिनु पर्ने

फेसबुक चलाउन पैसा दिनु पर्ने

केन्द्रबिन्दु
0
Shares

फेसबुक लगायत विभिन्न समाजिक संजालहरु चलाउन पैसा तिर्नु पर्ने कुरा तपाईहरुले कहिल्यै सुन्नु भएको छ ? पक्कै पनि सुन्नु भएको छैन । बरु हाम्रो छिमेकी राष्ट्र चीनमा उनीहरुकै देशमा निर्माण भएका सामाजिक संजाल वाहेक अन्य देशवाट संचालनमा आएका समाजिक संजालका वेवसाईट र एपहरुलाई चलाउन भने प्रतिबन्ध लगाएको छ ।

फेसबुक लगायत अन्य सामाजिक संजालका फाइदा जति छन् त्यत्तिनै बेफाइदा पनि होलान् । पछिल्लो पटक फेसबुक मार्फत् फेक न्यूजको प्रवाह बढी भएको देखिएपछि धेरै देशले फेसबुकलाई सचेत गराउन थालेका छन् । यस्तो अवस्थामा अफ्रिकी राष्ट्र युगाण्डाले भने फेसबुक चलाउन सरकारलाई कर तिर्नु पर्ने नयाँ नियम ल्याएको छ ।

युगाण्डा सरकारकारले हालै एक बिल मार्फत् फेसबुक लगायत ट्विटर, भाईबर, ह्वाट्स एप, इन्ष्टाग्राम लगायतका अन्य सामाजिक संजालहरु एप वा वेव मार्फत् चलाउने प्रयोगकर्ताले सरकारलाई कर तिर्नु पर्ने नियम ल्याएको हो । सामाजिक संजाल मार्फत् हुने असत्य समाचारको प्रवाहलाई रोक्न यो कर प्रणालीले मद्धत गर्ने जनाएको छ । आगामी जुलाई १ तारिख देखि लागू हुने नियम अनुसार प्रयोगकर्ताले सामाजिक संजाल चलाए वापत सरकारलाई दैनिक ५ रुपैंया कर तिर्नु पर्ने भएको छ ।

युगाण्डाका राष्ट्रपति योवेरी मुसवेनीले गत मार्च महिनामै सामाजिक संजालको प्रयोगका विषयमा नयाँ नियम ल्याउने बताएका थिए । सामाजिक संजाल मार्फत् झुठो समाचारहरुको संप्रेषण बढ्न थालेपछि सरकारको ध्यान आकृष्ठ भएको थियो । राष्ट्रपतिले अर्थ मन्त्रीलाई पत्र लेखेर प्रयोगकर्ताहरुलाई करको दायरामा ल्याउन भनेका थिए । राष्ट्रपतिको यो आदेश पछि अर्थ मन्त्रीले पनि प्रयोगकर्ताहरुवाट उठ्ने ठुलो धनराशिले झुठो समाचार रोक्नमा प्रयोग गर्नुका साथै देशको ब्यापार घाटालाई कम गर्न पनि मद्धत पुग्ने बताएका छन् ।

सरकारले यो कानून ल्याएपनि इन्टरनेट सर्भिस प्रोभाइडरहरुलाई प्रयोगकर्ताहरुवाट कसरी पैसा उठाउने भन्ने कुरामा दोधार भैरहेको छ । युगाण्डामा मोवाइल प्रयोगकर्ताहरुको सिम कार्ड समेत दर्ता नभएको अवस्थामा यो नियमलाई कार्यान्वयन गर्न कठिन रहेको जनाएका छन् ।

Logo