गुगल डुडलमा नेपालको गणतन्त्र दिवस

गुगल डुडलमा नेपालको गणतन्त्र दिवस

केन्द्रबिन्दु
0
Shares

विश्वकै सर्वाधिक प्रयोगमा आउने सर्च ईन्जिनको रुपमा रहेको गुगलले आजको डुडलमा नेपालको गणतन्त्र दिवसलाई प्रतिकको रुपमा राखेको छ ।

नेपालले जेठ १४ गते गणतन्त्र दिवस मनाउने हुनाले गुगलले आफ्नो डुडलमा हिमालको दृष्यमा तोरणलाई कलात्मक रुपमा झुण्डाएर डुडल बनाएको छ । गुगलले डुडलको अवधारण आफ्ना प्रयोगकर्ताहरुलाई रमाईलो र कौतुहलता होस् भनेर ल्याएको हो । यसलाई गुगलले कुनै देशले मनाउने स्वतन्त्रता दिवस, छुट्टि, बार्षिकोत्सव लगायत विश्वका चर्चित ब्यक्तिहरुको जन्मदिनको दिनमा आफ्नो गुगलको मुख्य लोगोलाई परिवर्तन गरेर उक्त दिनको संझना गराउने गर्छ ।

गुगगले डुडलको अवधारणा सन् १९९८ मा गुगलका संस्थापक ल्यारी र सर्गेईले नेभाडामा आयोजना भएको एक महोत्सवको मौका पारेर ल्याएका थिए । त्यसपछि गुगलले यस्ता डुडलहरु कहिले सोही देशका प्रयोगकर्ताले हेर्न मिल्ने गरेर प्रकाशित गर्छ भने कहिले विश्वब्यापी प्रयोगकर्ताले हेर्न मिल्ने बनाउने गरेको छ । गुगलले यसअघि गत बर्ष पनि गणतन्त्र दिवसको अवसर पारेर डुडल बनाएको थियो । यो वाहेक गुगलले सगरमाथा दिवसको अवसरमा पनि डुडल बनाएको थियो ।

Logo