निपा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

निपा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

दक्षिण भारतमा फैलिएको निपा भाइरसका कारण पछिल्लो समयमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

भारतको केरलाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार थप दुई जनाको कोझीकोड जिल्लामा रहेको एउटा अस्पतालमा बुधबार मृत्यु भएको हो । मृत्यु भएकामध्ये एक जना ६२ बर्षीय एक वृद्ध हुनुहुन्छ । पानी खाँदा निपा भाईरसको संक्रमण सरेको बताइएको छ ।

मृत्यु भएका १२ जना बाहेक कोझीकोड र मल्लापुरम जिल्लाका अन्य ९४ जनाको घरमा विषेश तरिकाले निरगरानी गरिएको छ भने १७ जनाको अस्पतालमा उपचार भइरहेको छ । भाइरसको प्रकोप नियन्त्रण गर्न विभिन्न चरणमा फरक फरक तरिकाले प्रयासहरू भईरहेको राज्यका स्वास्थ्य मन्त्री के के सैलजाले जानकारी दिए।

मन्त्री सैलाजाले निपा भाइरसबाट सङ्क्रमित विरामी एक्कासी देखा परेको र यो विरामीसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिएको बताएका थिए । 

Logo