कानपुर

उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ । "/>

विषाक्त रक्सी सेवनले १२ जनाको मृत्यु !

विषाक्त रक्सी सेवनले १२ जनाको मृत्यु !

केन्द्रबिन्दु
0
Shares

कानपुर

उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ । कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको सो घटनामा १२ जनाको मृत्यु भएको बताइएको छ ।

कानपुर नगरको सचेण्डीमा शनिबार ६ जना र कानपुरकै रूरामा आइतबार थप ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सो घटनामा अन्य केही व्यक्ति बिरामी परेको भए पनि बिरामीहरूको यकिन संख्या दिइएको छैन । बिरामीहरू मध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने अस्पतालले जनाएको छ । हालसम्म विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको र त्यस मध्ये विनय सिंह नाम गरेका व्यक्ति प्रमुख आरोपित भएको पाइएको प्रहरीले जनाएको छ ।
एजेन्सी

Logo