डान्सरलाई २ करोड २३ लाख टिप्स

डान्सरलाई २ करोड २३ लाख टिप्स

केन्द्रबिन्दु
0
Shares

होटेलमा काम गर्ने वेटर, डान्सरहरुलाई टिप्स दिएको त सबैलाई थाहा छ । तर वासिङटनको एक स्ट्रिप क्लवमा अर्ध निवस्त्र भएर डान्स गर्ने एक डान्सरलाई ग्राहकले मर्नु अगाडी २ करोड २३ लाख रुपैंया टिप्स दिएका छन् ।

एटलान्टिक सिटी स्कोर्स स्ट्रिप क्लवमा अर्ध निवस्त्र भएर नाँच्ने ३४ बर्षिया भेरोनिका बेकह्यामको नृत्यका पारखी थिए मिक्कि ल्यू । एचबिओ टेलिभिजनको पूर्व एक्जिक्युटिभ समेत रहेका ल्यू सन् २०१४ देखि नै भेरोनिकाको नृत्य हेर्न आउने गर्थे । सोही क्रममा उनीहरुको भेट भएको थियो यो भेट गहिरो मित्रताको रुपमा परिणत समेत भएको थियो ।

ल्यूलाई मधुमेह भएको कारण उनको तौल अश्वभाविक रुपमा बृद्धि भैरहेको थियो । यही समस्याको कारण उनको केही समयमै मृत्यु भयो । मृत्युपछि पाउने आफ्नो सम्पत्तिको केही हिस्सालाई ल्यूले भेरोनिकाको नाममा गरिदिएका थिए । ल्यूले आफ्नो अवकास पछि पाउने रकम र विमा पोलिसीवाट आउने करिव २ करोड २३ लाख रुपैंया भेरोनिकाको नाममा जाने गरेका थिए ।

ल्यूको यो कार्यप्रति उनका नातेदारहरु रुष्ट भए । ल्यूको यत्रो पैसा भेरोनिकाको नाममा जाने भएपछि ल्यूकी बहिनीले म्यानह्याटनको अदालतमा मुद्धा दायर गरेकी थिइन् । तर अदालतले ल्यूको ईच्छा अनुसारकै भोरोनिकाको पक्षमा फैसला गरेको थियो । भेरोनिकाका अनुसार उनीहरु विच कुनै किसिमको शारीरिक सम्बन्ध रहेको थिएन । उनीहरु एक असल मित्रको रुपमा रहेको बताईन् ।

Logo