नयाँ दिल्ली ।

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । "/>

पश्चिम भारतमा सडक दुर्घटना आठको मृत्यु

पश्चिम भारतमा सडक दुर्घटना आठको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

प्रहरी स्रोतले शनिबार सो जानकारी दिएको हो । महाराष्ट्र राज्यको ओैरंगाबाद जिल्लाको एक गाउँमा पानीको ट्याङ्करसँग एक सावारी साधन ठोक्किँदा सो घटना भएको बताइएको छ ।

शुक्रबार अबेर राति भएको यस घटनामा घाइते भएका दुवै जनाको अवस्था चिन्ताजनक रहेको छ । यद्यपी यी दुई व्यक्तिको राज्यद्वारा सञ्चालित अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार भएको यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

भारत विश्वको तुलनामा अत्याधिक दुर्घटना हुने देशको सुचिमा पर्दछ । सडकको अवस्था नाजुक, मर्मत संभारमा कमि र चालकको लापर्वाही नै भारतमा सडक दुर्घटनाको प्रमुख कारण भएको विज्ञहरुको भनाइ रहेको छ । रासस

Logo