मृत ब्यक्तिको फेसबुक एकाउन्टमा रिर्पोट गर्ने तरिका

मृत ब्यक्तिको फेसबुक एकाउन्टमा रिर्पोट गर्ने तरिका

केन्द्रबिन्दु
0
Shares

आजकाल धेरै ब्यक्तिहरुको फेसबुक एकाउन्ट हुने गर्छ । फेसबुक एकाउन्ट भएका धेरै ब्यक्तिहरुको मृत्युपनि भैरहेको छ ।

आफ्नो नजिकको आफन्तको मृत्यु भएमा उसको फेसबुक एकाउन्टमा अन्य ब्यक्तिले केही भुलबस लेख्दा पून: माथी आउदा धेरैलाई नरमाईलो लाग्नेगर्छ । यस्तो अवस्थामा धेरैलाई आफ्नो मृत ब्यक्तिको फेसबुक एकाउन्टलाई डिएक्टिभ गरौं जस्तो पनि लाग्छ । फेरी पासवर्ड विना एकाउन्टलाई डिएक्टिभ पनि गर्न सकिदैन जसको कारण धेरै मृत्युभएका ब्यक्तिहरुको फेसबुक एकाउन्ट कुनै न कुनै कारणले आफन्त र साथीहरुको टाइमलाईनमा अगाडी आउने गरेको छ ।

मृत्यु भएका ब्यक्तिको फेसबुक एकाउन्टलाई सधैका लागि बन्द गर्न वा उक्त एकाउन्टलाई मेमोरियलको रुपमा राख्ने ब्यवस्था फेसबुकले मिलाएको छ । तर यो उपायको वारेमा जानकार नभएकै कारण धेरैले मृत्यु भएका ब्यक्तिहरुको फेसबुक एकाउन्टलाई केही पनि गर्न सकेका छैनन् । मृत्यु भएको ब्यक्तिको फेसबुक एकाउन्टलाई मेमोरियल बनाएको खण्डमा उसका साथी र परिवारका सदस्यहरुले उसको वारेमा पुराना कुराहरु सेयर गर्न सक्छन् । उक्त एकाउन्ट त्यो ब्यक्तिले मात्र चलाउन सक्छ जसमा मृत्युभएका ब्यक्तिले आफ्नो प्रोफाइल पेज चलाउने अधिकार दिएको हुनुपर्छ । यस्तो किसिमको अधिकार दिएको खण्डमा अधिकार पाउने ब्यक्तिले उसको एकाउन्टको कुनै पोष्टलाई पिन गर्न र नयाँ फ्रेण्ड रिक्वेष्टलाई रेस्पोन्स गर्न, प्रोफाइल र कभर फोटोलाई परिवर्तन पनि गर्न सक्छ ।

यदी कुनै ब्यक्तिको मृत्यु भयो र उसले आफ्नो फेसबुक प्रोफाइल पेजलाई मृत्युपछि चलाउने कुनै किसिमको अधिकार दिएको छैन भने उक्त पेजलाई फेसबुकले मेमोरियल बनाइदिएर कसैलाई चलाउन पनि दिदैंन । यदी तपाईका कुनै आफन्तको मृत्यु भएको छ र उसको एकाउन्टलाई मेमोरियाल बनाउन चाहनुहुन्छ भने यो लिंक https://www.facebook.com/help/contact/651319028315841 मार्फत् गएर फर्म भर्नुपर्छ । यसमा मृत्यु भएको ब्यक्तिको नाम, उसको मृत्यु भएको मिति र मृत्यु भएको प्रमाणपत्र पेश गर्नुपर्छ । यि सबै काम अनलाईन फर्म मार्फत् नै हुन्छ ।

यसरी भरेको फर्मलाई फेसबुकले लिएपछि उक्त प्रोफाइल पेजलाई मेमोरियल एकाउन्टको रुपमा राख्छ । यसरी मेमोरिअल पेजको रुपमा राखिएको पेजमा निम्नकुराहरु हुनेगर्छन् ।

– प्रोफाइल पेजमा मृत्यु भएको ब्यक्तिको नामको अगाडी ‘रिमेम्बरिङ’ लेखिएको हुन्छ ।

– एकाउन्टको प्राईभेसी सेटिङमा अनुसार फ्रेण्डको टाइमलाईनमा मृत्यु भएको ब्यक्तिसंगको संझनाहरु सेयर गर्न पाईन्छ ।

– मृत्यु भएको ब्यक्तिले आफुले बाँचेको बेलामा गरेका पोष्ट, कन्टेन्टहरुलाई अरुले हेर्न मिल्छ ।

– मेमोरियल गरेको प्रोफाइल पेजलाई पब्लिक रुपमा हेर्न पाईदैन भने उसको बर्थ डे रिमाईन्डर पनि आउदैन ।

– मेमोरियल एकाउन्टमा कोही पनि ब्यक्तिले लगइन गर्न पाउदैन ।

– मृत्यु भएको ब्यक्तिले कसैलाई आफ्नो एकाउन्टको अधिकार दिएको छैन भने त्यसमा कुनै किसिमको परिवर्तन गर्न पाईदैन ।

– यदी तपाईले कागजी रुपमा बलियो प्रमाण प्रस्तुत गर्नुभएको खण्डमा मृत्यु भएको ब्यक्तिले तपाईलाई अधिकार नदिएपनि तपाईको अनुरोधमा उक्त पेजलाई फेसबुकले हटाईदिन पनि सक्छ ।

Logo