जवरजस्ती यौन प्रस्ताव राख्दा पूर्व पतिको लिङ्ग चट

जवरजस्ती यौन प्रस्ताव राख्दा पूर्व पतिको लिङ्ग चट

केन्द्रबिन्दु
0
Shares

पूर्व पत्निको घरमा जवरजस्ती घुसेर यौन सम्बन्ध राख्न चाहने एक पुरुषलाई उनकै पूर्व पत्निले लिङ्ग काटिदिएकी छिन् ।

रसियाको बासिल्येभो गाउँकी ४७ बर्षिया लिरा प्लेक्सिनाले मदिराले चुर भएर जवजस्ती यौनसम्बन्ध राख्न खोज्दा भान्छामा प्रयोग हुने चक्कुले पूर्व पतिको लिङ्ग काटिदिएकी हुन् । अदालतमा भएको सुनवाईको क्रममा लिराले पूर्व पतिले आफुलाई आक्रमण गरेर शारीरिक सम्बन्ध राख्न दवाव दिएको बताईन् । उनको भनाईलाई मध्यनजर गरेर न्यायाधिशले लिरालाई ४ बर्षको जेल सजाय तोकेका छन् ।

कालो रंगको पोशाकमा न्यायलय पुगेकी लिराले प्रहरीको घेरावाट हात हल्लाउदैं निर्णय सुन्न आएकाहरुलाई फ्लाईङ किस दिएकी थिईन् । उनले आफुले गरेको काममा कुनै किसिमको पछुतो नभएको र सजाँज थोरै भएको बताईन् ।

लिरा र उनको पूर्व पति विचसंगै बस्दा पनि अत्याधिक झगडा हुने गरेको उनको छिमेकीहरु बताउछन् । सोही कारण पारपाचुके गरेका लिरा र उनका पति विच त्यसपछि पनि झगडा हुने गरेको थियो । पूर्व पतिले अर्कै युवतीलाई विवाह गरेर ल्याएपनि लिरा भने एक्लै बस्दै आएकी थिईन् ।

Logo