नयाँदिल्ली

भारतको माथिल्लो सदन राज्यसभामा भारतीय प्रधानन्यायाधीश दीपक मिश्रा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । "/>

भारतको इतिहासमा पहिलो पटक प्रधानन्यायाधीश विरुद्ध महाअभियोग

भारतको इतिहासमा पहिलो पटक प्रधानन्यायाधीश विरुद्ध महाअभियोग

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली

भारतको माथिल्लो सदन राज्यसभामा भारतीय प्रधानन्यायाधीश दीपक मिश्रा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । काँग्रेस लगायतका सात विपक्षी दलहरूले प्रधानन्यायाधीश मिश्रा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । विपक्षी दलका ७१ सांसदहरूले सामूहिक रूपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडुलाई प्रस्ताव बुझाएका हुन् ।

प्रधानन्यायाधीश विरुद्ध भारतको इतिहासमा पहिलोपटक राज्यसभामा विपक्षीले महाअभियोग लगाएका हुन् । महाअभियोग प्रस्ताव अघि बढाउने र नबढाउने बारे उपराष्ट्रपति नायडुले निर्णय गर्नेछन् । उनलाई प्रस्ताव मनासिव लागेर अगाडि बढाएमा महाभियोगका प्रस्ताव लगाइएका आरोपहरू बारे छानबिन गर्न समिति गठन हुन्छ । समितिलाई ती आरोप उचित लागेमा महाअभियोग प्रस्ताव माथि मतदान हुन्छ । प्रस्ताव दुई तिहाइ मतले दुवै सदनबाट पारित हुनु पर्छ ।
एजेन्सी

Logo