दक्षिणी अफ्रिकामा अबस्थित मुलुक स्वाजिल्याण्डको नाम परिबर्तन भएको छ । राजा मस्वाती तृतीयले आफ्नो ५० औं जन्मदिनको अवसर पारेर देशको नाम परिवर्तन गरेका हुन् । "/>

जन्मदिनमा देशको नाम फेर्ने राजा जसको १५ श्रीमती

जन्मदिनमा देशको नाम फेर्ने राजा जसको १५ श्रीमती

केन्द्रबिन्दु
0
Shares

दक्षिणी अफ्रिकामा अबस्थित मुलुक स्वाजिल्याण्डको नाम परिबर्तन भएको छ । राजा मस्वाती तृतीयले आफ्नो ५० औं जन्मदिनको अवसर पारेर देशको नाम परिवर्तन गरेका हुन् । उनले देशको नाम स्वाजील्याण्डबाट परिवर्तन गरी ‘द किङ्गडम अफ इस्वातिनी’ राख्ने घोषणा गरेका छन् ।

संक्षिपमा देशको नाम ‘इस्वातिनी’ हुनेछन् । यसको अर्थ स्थानीय भाषामा ल्याण्ड अफ स्वाजिज अर्थात स्वाजीहरुको भूमि भन्ने बुझिन्छ । ‘म आजको दिनबाट हाम्रो देशको नाम किङ्गडम अफ इएसवातिनी भएको घोषणा गर्दछु।’ मन्जिली बहरमा रहेको स्टेडियमा राजाले भने। साथै उनले स्वाजील्याण्ड नाम हुँदा स्वीट्जरल्याण्ड जस्तै सुनिने र यसले गर्दा भ्रम पैदा भएको बताएका छन्। ‘जब हामी विदेश जान्छौँ मानिसहरुले हामीलाई स्वीट्जरल्याण्ड भनेर भन्छन्।’

उनले पछिल्लो समय देशको नाम इस्वातिनी भन्दै आएका थिए ।

को हुन् राजा मस्वाती ?
सन् १९८६ देखि शासन गरिरहेका राजा मस्वाती तृतीय राजा हुन् । उनी १८ बर्षको उमेरमा राजा बनेका हुन् । उनले युएन जेनेरल एसेम्बली २०१७, सन् २०१४ मा आफ्नै देशको संसद, अफ्रिकन युनियन र अन्य इन्टरनेशनल कन्फ्रेन्सलाई सम्बोधन गर्दा पनि इएसवातिनीको नामले नै सम्बोधन गरेका थिए।

स्वाजीका मानिस राजालाई बाघ भनेर पनि बोलाउने गर्छन् । उनीहरुका धेरै श्रीमती हुने गर्छन् । सोभूजा द्वितीयका छोरा राजा मस्वातीका १५ श्रीमती छन् । राजा मस्वातीका पिताले देशमा ८२ वर्षसम्म शासन गरेका थिए । यस क्रममा उनका १२५ श्रीमती थिए ।

कस्तो देश हो ‘इस्वातिनी’ ?

स्वाजिल्याण्ड नामबाट परिचित यो मुलुक दक्षिणी अफ्रिकाको सानो मुलुक हो । यो एउटा भूपरिवेष्ठित देश हो । दक्षिण अफ्रिकी राष्ट्र स्वाजील्याण्ड्सले सन् १९६८ मा ब्रिटेनको अधिनबाट छुट पाउँदै स्वतन्त्र राष्ट्र बनेको थियो।

जसको कुल जनसंख्या १ करोड ४० लाख छ । यस मध्ये एक तिहाई चरम गरिबीमा छन् । अनौठो त के छ भने यहाँका ठूलो जनसंख्या एचआईभी एड्सबाट पीडित छन । यहाँ एचआईभी एड्सको संक्रमण दर पनि निकै बढी छ । त्यसो त कतिपयले यो देशलाई ‘एचआईभी’ देश पनि भन्दै आएका छन् । यहाका जनताका औसत आयु पनि ५० वर्षको छ ।

कुन कुन देशले फेरे नाम ?

स्वतन्त्र भएपछि धेरै जसो अफ्रिकी मुलुकले आफ्नो नाम फेरेका छन् । र्होड़ीसियाबाट जिम्बाबे, नाइसाल्याण्डबाट मलावी, बेचुअनाल्याण्डबाट बोत्स्वाना आदि ।

स्विजरल्याण्ड र स्वाजिल्याण्डको फरक

दुवै सानो, भूपरिवेष्ठित र पहाडी मुलुक भए पनि यी दुइ देशबीच निकै फरक छ । स्वाजिल्याण्ड अर्थात इस्वातिनी दक्षिणी अफ्रिकन मुलुक हो भने स्विजरल्याण्ड युरोपियन मुलुक हो । स्वाजिल्याण्ड न्यून आयस्तर भएको मुलुक हो भने स्विजरल्याण्ड बिश्वकै धनी मुलुक मध्ये एक हो ।

रानीहरु

Logo