इन्टरनेट ब्लक गर्न मिल्ने सामसुङको नयाँ मोवाइल

इन्टरनेट ब्लक गर्न मिल्ने सामसुङको नयाँ मोवाइल

केन्द्रबिन्दु
0
Shares

मोवाइल फोन चाहिने तर ईन्टरनेट चलाएर हैरान गर्ने बालबालिकाहरुलाई लक्षित गरेर सामसुङले ग्यालेक्सी जे टु प्रोलाई अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरेको छ ।

सामसुङले ल्याएको सस्तो किसिमको यो स्मार्टफोन सेटमा मोवाइलको डाटा, एलटिई र वाईफाईलाई ब्लक गर्न मिल्छ ।

बृद्ध र बालबालिकालाई लक्षित गरेर अन्तराष्ट्रिय बजारमा ल्याइएको यो सेटमा भाषा सिक्न सकिने सुविधा भने राखेको छ । यसमा रहेको डियोडिक फोर एपको मद्धतले कोरियन र अंग्रेजी भाषा सिक्न सकिने कम्पनीले जनाएको छ । यो भाषा मार्फत् अन्य भाषाहरु पनि सिक्न सकिन्छ ।

एण्ड्रोइड अपरेटिङ सिस्टम भएको यो सेटमा ग्यालेक्सी जे टु प्रो युजर्स एप इन्ष्टल गर्न सकिन्छ । ९ सय ६० गुणा ५ सय ४० रिजोलुसन रहेको यो सेट ५ इन्चको क्युएचडी सुपर एल्मोण्ड डिस्प्ले रहेको छ । १ दशमलब ४ गिगा हर्ज क्वाडकोर प्रोसेसर रहेको यो सेटमा १ दशमलव ५ जिवी र्‍याम रहेको छ । यसमा रिप्लेसमेन्ट गर्न मिल्ने २ हजार ६ सय एमएएचको ब्याट्रि रहेको छ ।
यो सेटमा ५ मेगापिक्सेलको फ्रन्ट र ८ मेगापिक्सेलको रिअर क्यामेरा रहेको छ । अहिले कोरियन बजारमा आएको यो सेटको मुल्य २० हजार रुपैंया भन्दा कम रहेको छ ।

Logo