आफ्नै शुक्रकिट प्रयोग गरेर गर्भवती बनाउने चिकित्सक

आफ्नै शुक्रकिट प्रयोग गरेर गर्भवती बनाउने चिकित्सक

केन्द्रबिन्दु
0
Shares

क्यानाडाको एक कृत्रिम प्रजनन् अस्पतालमा कार्यरत चिकित्सकलाई आफ्नै शुक्रकिट प्रयोग गरेर निसन्तान महिलालाई गर्भवती बनाएको अभियोगमा दर्जनौ मुद्धा दायर भएको छ ।

गत नोभेम्बर महिनामा डा.नोरमान ब्राबिन बिरुद्ध आफ्नो शुक्रकिट प्रयोग गरेर उपचारार्थ आउने महिलालाई गर्भवती बनाएको अभियोगमा मुद्धा परेको थियो । यो अभियोगमा डिएनए परिक्षण गर्दा नोरमाननै उपचारार्थ आएकी एक महिलावाट जन्मिएकी छोरीको पिता रहेको प्रमाणित भएको थियो । यो घटना सार्वजनिक भएपछि अन्य ११ महिलाहरुले पनि नोरमाननै आफ्नो सन्तानको जैविक बुबा रहेको दावा गरेका छन् ।

नोरमानको बिरुद्धमा उनीसंग कृत्रिम गर्भाधारण गर्न आएका ५० महिलाहरुले समूह गठन गरेर उनीहरुले छनोट गरेको शुक्रकिटको डिएनए भन्दा फरक रहेको बताएका छन् । यो घटनाले यति लामो रुप लिदैं गएको छ कि एक अभियोग उनीमाथी सन् १९७० मा गरिएको गर्भाधानसम्मको रहेको छ ।

घटना सार्वजनिक भएपछि गरिएको थप परिक्षणमा ११ जना महिलाले जन्माएका सन्तानको डिएनए परिक्षणमा चिकित्सक र अन्य ब्यक्तिको शुक्रकिट प्रयोग भएको देखिएको थियो । यस्तैगरी अन्य १६ जनाको परिक्षण गर्दा उनीको जैविक बुबा अरु नै रहेको प्रमाणित भएको थियो । यि पिताहरुको वारेमा कुनै जानकारी अझैंसम्म मिल्न सकेको छैन ।

गत नोभेम्बर महिनामा ड्यानियल र डेबिना डिक्सनले आफ्नो छोरी रिबेकाले नोरमान बिरुद्ध मुद्धा दायर गरेपछि घटना सार्वजनिक भएको हो । रिबेका र नोरमानको डिएनए परिक्षण गर्दा रिबेकाको जैविक पिता डा. नोरमान रहेको प्रमाणित भएको थियो । ड्यानियल र डेबिनाले सन् १९८९ मा नोरमानको अस्पतालमा नोरमान मार्फत् कृत्रिम गर्भाधारणको उपचार गरेका थिए । बुबा ड्यानियलको आँखाको नानी निलो भएपनि रिबेकाको आँखाको नानी खैरो भएपछि शंका लागेको कुरा डेबिनाले बताईन् ।

Logo