फेसबुकवाट प्रयोगकर्ताको डाटा चोर्नेमा गेम एपहरु पनि

फेसबुकवाट प्रयोगकर्ताको डाटा चोर्नेमा गेम एपहरु पनि

केन्द्रबिन्दु
0
Shares

फेसबुकका प्रयोगकर्ताहरुलाई लागेको थियो, फेसबुक ठुलो कम्पनी हो । यसमा जान युजर नेम र पासवर्ड हान्नु पर्छ । यहाँ आउने जानकारीहरु वा गेमहरुमा भाइरस हुदैन, किनकी फेसबुकले नै त्यस्ता कुराहरुको परिक्षण गरेर मात्र आफ्नो वेवसाईटमा आउन दिन्छ । हुन पनि पहिला वेव भर्जनमा आउदाँ फेसबुक एप्लिकेसन प्लेटफर्ममा आउनु भन्दा धेरै सुरक्षित रहेको थियो ।

सन् २००७ मा फेसबुकले आफुलाई एप्लिकेसन प्लेटफर्म मार्फत् लग्यो अनि धेरै इन्टरनेट गेमहरु पनि फेसबुक मार्फत् प्रयोगकर्ताहरुसंग जोडिन आए । फेसबुकका प्रयोगकर्ताहरु पनि फेसबुक मार्फत्नै गेम खेल्न पाएर रमाए । जसको कारण फेसबुकले नयाँ प्रयोगकर्ता पाएकोमा रमायो भने यस्ता गेमहरुले गुपचुप रुपमा फेसबुकवाट प्रयोगकर्ताहरुको डाटा संकलन गर्न थाल्यो । सन् २०१२ सम्ममा आईपुग्दा फेसबुकमा ९० लाख विभिन्न एप्स गेमहरु जोडिएका थिए । यसरी जोडिएका गेमहरुले प्रयोगकर्तालाई आनन्द र रमाईलो दिएपनि किन यसले रमाईलो दिईरहेको छ भन्ने कुरा प्रयोगकर्ताले त के स्वयं फेसबुकले पनि थाहा पाउन सकेन ।

बजारमा आएको पुस्तक प्ले एनिथिंगका लेखक इयान बोगाष्टले काउ क्लियर गेमको वारेमा लेखेका छन् । उनले काउ क्लियर गेमलाई तिन दिनमा कोडिङ गरेर निर्माण गरेका गेमलाई फेसबुकको प्लेटफर्म मार्फत् लगे । गाईको चित्रलाई छुदाँ गाई रमाउने यो खेललाई २ बर्षको अवधिमा १८ लाख प्रयोगकर्ताहरुले खेले । पछि बोगाष्टले यो खेल खेल्ने सबै प्रयोगकर्ताहरुको ब्यक्तिगत डाटालाई आफुले संकलन गरेको बिषयमा लेख नै प्रकाशित गरे । आफ्नो आर्टिकलमा बोगाष्टले भने यदी तपाईले यो खेललाई फेसबुकमा खेल्नु भएको छ भने तपाईको डाटा मेरो घरको हार्ड ड्राइभमा सुरक्षित रहेको छ । यो डाटा मार्फत् म तपाईको स्वभाव, रुची जस्ता कुराहरु एक छिनमै बिश्लेषण गर्न सक्छु । यो घटना सार्वजनिक भएपछि फेसबुकले सन् २०१४ देखि आफ्नो प्लेटफर्म मार्फत् आउने गेमहरुको वारेमा सोच्न थाल्यो ।

बोगाष्टका अनुसार फेसबुकले धेरै बर्षसम्म आफ्नो डाटाको ट्रान्समिसन इनक्रिप्टेड गरेको थिए । जसको कारण यस्ता गेमका निर्माताहरुले प्रयोगकर्ताहरुको प्रोफाइल न्यूमेरिक आईडेन्टिफायर मार्फत् फेसबुक आईडी थाहा पाउने गर्थे । अहिले फेसबुकले अलग अलग एपका लागि आईडी जेनेरेट गरेर गर्ने गर्छ । पहिला फेसबुकमा आएका लाखौं गेमहरुले करोडौं ब्यक्तिहरुको ब्यक्तिगत जानकारीहरु संकलन गरिसकेका छन् । यस्ता जानकारीहरु कुनै कार्यमा प्रयोग भएपछि अहिले देखिएको जस्तै चर्चा हुने पक्का रहेको छ ।

Logo