ट्विटरले ब्लक गर्यो १० लाख एकाउन्ट

ट्विटरले ब्लक गर्यो १० लाख एकाउन्ट

केन्द्रबिन्दु
0
Shares

माईक्रो ब्लगिंग सोसल मिडियाको रुपमा रहेको ट्विटरले आतंकवादलाई प्रश्रय दिने किसिमका १० लाख एकाउन्टहरुलाई ब्लक गरेको घोषणा गरेको छ । एक प्रेस विज्ञप्ति मार्फत् जानकारी दिदैं ट्विटरले सन् २०१५ देखि आफुहरुले १० लाख त्यस्ता एकाउन्टहरु बन्द गरेको घोषणा गरेको हो ।

ट्विटर मार्फत कुनै किसिमको हिंसालाई बढावा दिन मिल्दैन भन्ने कुरालाई प्रमाणित गर्न ट्विटरले यो कदम चालेको बताएको छ । ट्विटरले सन् २०१७ को जुलाई देखि अहिलेसम्म करिव ३ लाख एकाउन्टहरुलाई बन्द गरेको थियो । तर पनि ट्विटरमा यस्ता किसिमका एकाउन्टहरु अझ धेरै रहेको अनुमान गरिएको छ । तर पनि ट्विटरले आफुहरुले कडा मेहनत गरेर हामीले हिंसा र आतंकवादलाई हाम्रो प्ल्याटफर्ममा कुनै पनि किसिमको स्थान नदिन सफल भएका छौं । यसले अव धेरै प्रयोगकर्ताहरुको हामी प्रतिको दृष्टिकोणमा परिवर्तन पनि आउने छ ।

ट्विटरले आफ्नो रिर्पोटमा ९३ प्रतिशत एकाउन्टहरुलाई इन्टरनल टुलको प्रयोग गर्दै हटाएको थियो भने ७४ प्रतिशत एकाउन्टहरुलाई उनीहरुको पहिलो ट्विट आउनु भन्दा अगाडी नै हटाएको जानकारी गराएको छ । विभिन्न देशका सरकारले ट्विटरको प्लेटफर्म मार्फत् हिंसा बढी रहेको प्रतिक्रिया आएपछि ट्विटरले यो कदम चालेको हो । पछिल्लो पटक ट्विटर मार्फत् मध्यपूर्वका विभिन्न आतंकवादी संगठनहरुले जिहाद भन्दै हिंसा फैलाउन ट्विटरलाई बिशेष रुपमा प्रयोग गर्दै आएका थिए ।

Logo