कालो हरिण अर्थात् कृष्णसारको शिकार मारेको आरोपमा दोषी ठहर भएका भारतीय चर्चित कलाकार सलमान खानले जमानत पाएका छन् ।
खानको जमानत आबेदनमाथि सेसन कोर्टले आफ्नो निर्णय सुनाउँदै सलमानलाई जमानत दिएको छ । अब उनलाई जेल बाहिर आउने बाटो खुलेको छ । सेसन कोर्टका न्यायाधिस रबिन्द्र कुमार जोशीले भारतीय समयानुसार शनिबार दिउँसो निर्णय सुनाएका हुन् ।
सन् १९९८ मा एक चलचित्र छायांकनको क्रममा सरक्षित जनावरको सूचिमा रहेको कृष्णसारको शिकार गरेको आरोपमा खानलाई यसअघि दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाईएको थियो ।
प्रतिक्रिया