नयाँ दिल्ली

बलिउड नायक सलमान खानको कालो हरिणको शिकार मामलाको करिब १९ वर्ष पुरानो मुद्दाको फैसला आज हुने भएको छ । "/>

सलमान खानको कालो हरिण शिकार गरेको आरोप मुद्दाको फैसला आज

सलमान खानको कालो हरिण शिकार गरेको आरोप मुद्दाको फैसला आज

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली

बलिउड नायक सलमान खानको कालो हरिणको शिकार मामलाको करिब १९ वर्ष पुरानो मुद्दाको फैसला आज हुने भएको छ । आजतकले जनाए अनुसार जोधपुर कोर्टले आज त्यसबारेको फैसला गर्नेछ । अदालतले आज सलमानलाई हरिणको शिकार गरेको मुद्दामा जेल हुन्छ या सफाइ दिइनेछ भन्ने फैसला सुनाउने भएको हो । यस मामलामा सलमान खानका साथ सैफअलि खान लगायतका बलिउड स्टारलाई आरोपी बनाइएको छ । यस मामलासँग सम्बन्धित बलिउड स्टारहरू जोधपुरतिर लागेको समाचारमा उल्लेख छ । धेरैजसो स्टार मुम्बई एयरपोर्टबाट जोधपुर जाँदै गरेको देखिएको समाचारमा जनाइएको छ ।

यो मुद्दामा सलमान र सैफका साथमा तब्बु, सोनाली बेन्द्रे र नीलम पनि आरोपी छन् । उनीहरूलाई सलमानलाई हरिणको शिकार गर्न उक्साएको आरोप लगाइएको छ । यसबारे सम्बन्धित स्टारहरूले कुरा गर्न नचाहेको आजतकले जनाएको छ । समाचारमा उल्लेख गरिए अनुसार तब्बुले यसबारे कुरा गर्ने सही स्थान नभएको प्रतिक्रिया दिइन् ।

गत साता सीजीएम कोर्ट (जोधपुर ग्रामीण) मा फैसला सुरक्षित गरेर राखिएको थियो । यस मुद्दाका सबै आरोपीलाई अदालतामा हाजिर हुन निर्देशन पनि दिइएको थियो । यसअघि सलमान ४ जनवरीमा सीजेएम ग्रामीण कोर्टमा हाजिर भएका थिए । सलमान माथि हम साथ साथ हैं नामक फिल्मको सुटिङका दौरान २ अक्टुबर १९९८ मा कनकानी गाउँमा २ वटा कालो हरिण शिकार गरेको आरोप छ । यस मामलामा सलमान पटक–पटक अदालतमा हाजिर भइसकेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo