सम्बन्ध विच्छेद भएको ५० बर्ष पछि फेरि विवाह

सम्बन्ध विच्छेद भएको ५० बर्ष पछि फेरि विवाह

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको केन्टकीमा बसोबास गर्ने एक ब्यक्तिले ५० बर्ष अघि सम्बन्ध विच्छेद गरेका पत्निसंग पून: विवाह गर्ने भएका छन् ।

८३ बर्षिय हेराल्ड हल्याण्डले ५० बर्ष अघि श्रीमतीको रुपमा रहेकी लिलियन वान्र्ससंग पून: विवाह गर्न लागेका हुन् । सन् १९५५ को क्रिसमस ईभमा हेराल्ड र लिलियन विच विवाह भएको थियो । सन् १९६८ मा पारपाचुके हुनु भन्दा अगाडी उनीहरुको ५ सन्तान भएका थिए । हेराल्डका अनुसार त्यो बेला म कामको कारण परिवार भन्दा टाढा बस्नुपर्ने अवस्था रहेको थियो । यही कारणले पनि हाम्रो विवाह टुट्यो । यसमा सबै गल्ती मेरै मात्र रहेको थियो ।

सन् २०१५ मा उनीहरु विच भेट भएपछि साथै बस्ने कुरा भएको थियो । यसपटक हेराल्डले आफुले पहिलो पटक गरेको जस्तो गल्ती नगर्ने बरु लिलियनको ईच्छा अनुसार विभिन्न ठाउँहरुमा घुमाउन लैजाने बताए । उनीहरु यही अप्रिल १४ तारिखमा पून: विवाह बन्धनमा बाँधिदै छन् ।

Logo