बिशाल अन्तरीक्ष यान पृथ्वीमा खस्दै, नेपालबाट यसरी हेर्न सकिने

बिशाल अन्तरीक्ष यान पृथ्वीमा खस्दै, नेपालबाट यसरी हेर्न सकिने

केन्द्रबिन्दु
0
Shares

नियन्त्रण बाहिर गएको चीनको अन्तरीक्ष यान पृथ्बीमा खस्न थालेको छ । सन २०२२ मा अन्तरीक्षमा मानव स्टेशन स्थापित गर्न लक्ष्यको साथ सन २०११ मा अन्तरीक्षमा पठाइएको चीनको स्पेस स्टेशन नियन्त्रण बाहिर गएर पृथ्बीमा खस्न थालेका हुन् ।

सन् २०११ म लन्च भएको उक्त अन्तरिक्षायान मानव रहित यान हो । सेप्टेम्वर २९,२०११ मा यानलाई पृथ्वीदेखि २१७ माइल टाढा स्थापित गरिएको थियो । सन् २०१६ बाट काम गर्न छोडेको यानलाई रिमोट कन्टोलबाट अन्तरिक्षामै राख्न खोजिएता पनि चिनिया वैज्ञानिकहरु सफल हुन सकेन्न । मार्च ३० देखि अप्रिल २ सम्ममा यान पृथ्वीमा खस्ने युरोपियन स्पेस एजेन्सीले जनाएको छ ।

यसैबीच यो यान कहाँ खस्छ भने यकिन नहुने भएपनि यो खस्दै गरेको भने सामान्य दुरबिनले पनि देख्न सकिने छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले काठमाडौँको आकाशमा ३० मार्चदेखि १ अप्रिलसम्म उक्त यान खस्दै गरेको देख्न सकिने जनाएको छ ।

कुन दिन कति बजे देख्न सकिन्छ ?

३० मार्च : बिहान ४ बजेर १० मिनेट ११ सेकेन्डदेखि ४ बजेर १३ मिनेट ४१ सेकेन्डसम्म । उत्तम समय : ४ बजेर १२ मिनेट २९ सेकन्डमा ।

३० मार्च : बिहान ५ बजेर ४२ मिनेट ५० सेकेन्डदेखि ५ बजेर ४५ मिनेट २० सेकेन्डसम्म । उत्तम समय : ५ बजेर ४५ मिनेट ०३ सेकन्डमा ।

३१ मार्च : बिहान ५ बजेर १२ मिनेट ३२ सेकेन्डदेखि ५ बजेर १४ मिनेट ५७ सेकेन्डसम्म । उत्तम समय : ५ बजेर १२ मिनेट १५ सेकन्डमा ।

१ अप्रिल : बिहान ४ बजेर ४० मिनेट २२ सेकेन्डदेखि ४ बजेर ४२ मिनेट ४६ सेकेन्डसम्म । उत्तम समय : ४ बजेर ४१ मिनेट ३७ सेकन्डमा ।

Logo