अमेरिकाले वढायो नेपालमा रहेका तिव्वती शरणार्थीलाई आर्थिक सहयोग

अमेरिकाले वढायो नेपालमा रहेका तिव्वती शरणार्थीलाई आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

भारतले तिव्वती निर्वासित नेता दलाई लामाको गतिविधीमा रोक लगाईरहेकै समयमा अमेरिकाले भने भारत र नेपालमा रहेका तिव्वती शरणार्थीलाई दिदै आएको आर्थिक सहयोगमा वृद्धि गरेको छ । अमेरिकी संसदले तिव्वती शरणार्थीलाई दिइदै आएको सहयोग वढाउने सम्बन्धी एक प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव अनुसार तिव्वती शरणार्थीहरुलाई ८० लाख अमेरिकी डलर प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी भारत र नेपालमा ठूलो संख्यामा रहेका दलाई लामाका अनुयायीहरुलाई ६० लाख अमेरिकी डलर सहयोग गर्ने प्रस्ताव पारित भएको छ । अमेरिकाले बारम्बार नेपालमा रहेका तिव्वती शरणर्थीको मानव अधिकार उल्लंघन भएको वताउने गरेको छ ।

उता चीनले भने तिव्वती शरणर्थीहरुलाई सहयोग गर्ने अमेरिकाको निर्णयलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप भनेको छ । दलाई लामाले तिव्वत छोडेदेखि नै भारत र पश्चिमा मुलुकहरुले उनी र उनका समर्थकहरुलाई सहयोग गरिरहेको छ । सन् १९८० देखि नै अमेरिकाले निरन्तर रुपमा तिव्वती शरणार्थीलाई सहयोग गदै आएको छ भने तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डव्लु वुसले तिव्वत नीति सन् २००२ मा ल्याएका थिए ।

अहिले सन् २०१८ मा दिइएको सहयोग अहिलेसम्मकै ठूलो भएको वताइएको छ । चीन र अमेरिकाको वीचमा व्यापार र वाणिज्य लगायतका विषयमा तनाव वढिरहेकै समयमा अमेरिकाले चीनको टाउको दुखाईको विषय तिव्वती शरणार्थीलाई दिई आएको सहयोगमा वृद्धि गरेको हो । अमेरिकाका वर्तमान राष्ट्रपतिले निर्वाचनको अभियानको समयमा एक चीन नीतिप्रति प्रतिवद्ध नरहने घोषणा गरेका थिए, जसले चीनलाई क्रुद्ध वनाएको थियो ।

Logo