प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले युरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदनप्रति आपत्ति जनाएको छ । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यूरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदन आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् । "/>

इयूका सम्बन्धमा नेपाली कांग्रेसले पनि मुख खोल्यो (भिडियो समेत)

इयूका सम्बन्धमा नेपाली कांग्रेसले पनि मुख खोल्यो (भिडियो समेत)

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले युरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदनप्रति आपत्ति जनाएको छ । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यूरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदन आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् ।

उनले पार्टी केन्द्रिय कार्य समितिको सोमबारको बैठकपछि संचारकर्मीमाझ निर्वाचनको पर्यवेक्षण गर्ने जिम्मेवारी पाएको यूरोपियन युनियनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेर नेपालको संविधानमाथि नकारात्मक टिप्पणी गरेकोमा पार्टीको गम्भिर असहमति रहेको स्पष्ट पारे ।

कांग्रेसले यूरोपियन युनियनलाई आफ्नो मर्यादा भित्रै रहेर गतिविधि संचालन गर्न पनि सचेत गराएको छ । सोमबारको बैठकमा कांग्रेस केन्द्रिय सदस्यहरुले पनि यूरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदन आपत्तिजनक रहेको धारणा राखेका थिए । कांग्रेसले यस सम्बन्धमा पार्टी केन्द्रिय कार्य समितिको बैठक सम्पन्न भएलगत्तै पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

युरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदनमा नेपालको संविधानकै अवमूल्यन गर्न खोजिएको कांग्रेसको आरोप छ । प्रवक्ता विश्व प्रकाश शर्माले नेपालको संविधान सिंगै युरोपको संविधान भन्दा पनि उत्कृष्ट रहेको दावी समेत गरे । केन्द्रिय कार्य समितिको सोमबारको बैठक पनि निर्वाचनको समीक्षामै केन्द्रित रहेको छ ।

बैठकको सुरुमा बोल्दै केन्द्रिय सदस्यहरु रमेश लेखक, गोविन्द भट्टराई, डा. डिला संग्रौला, लक्ष्मी परियारले बाम गठबन्धनलाई प्रतिवाद गरेर जान नसक्दा पार्टीले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको धारणा राखेका थिए । बाम गठबन्धनलाई प्रतिवाद गरेर जान नसक्दा पनि निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको नेताहरुको भनाई रहेको पनि प्रवक्ता शर्माले बताए ।

नेपाली कांग्रेसले निर्वाचनको गम्भिर समीक्षा गरी पार्टीको भावी रणनीति तय गर्न केन्द्रिय कार्य समिति बैठक बोलाएको हो । शुक्रबारबाट सुरु भएको बैठकमा पार्टीका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आरोप, प्रत्यारोप चलेको छ ।

पौडेल पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीकै कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको आरोप लगाएका छन भने संस्थापन पक्षले सभापति देउवाको बचाऊ गर्दै आएको छ । पार्टीका प्रवक्ता शर्माले बैठकले पार्टीलाई एकतावद्ध बनाएर लैजाने गरी ठोस नीति तय गर्ने दावी गरेका छन् ।

Logo