भ्रष्टाचार आरोपमा पूर्व राष्ट्रपति पक्राउ

भ्रष्टाचार आरोपमा पूर्व राष्ट्रपति पक्राउ

केन्द्रबिन्दु
0
Shares

सोल । दक्षिण कोरियाका पुर्व राष्ट्रपति ली म्युङ बाक पक्राउ परेका छन् । 

विभिन्न भ्रष्टाचार आरोपमा एक जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएपछि शुक्रबार पक्राउ गरिएको हो । अदालतले सन् २०१३ सम्म आफ्नो पाँच बर्षे राष्ट्रपतीय कार्यकाल सम्पन्न गरेका लीलाई पक्राउ गरी छानविनका लागि हिरासतमा राख्न आदेश गरेको हो । उनीमाथि लागेका भ्रष्टाचार आरोपहरू सवैमा आफ्नो कुनै सम्लग्नता नरहेको जनाएपछि अदालतको उक्त आदेश आएको हो । 

लीलाई लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा तथ्यलाई नस्ट गर्न वा लुकाउन सक्ने भन्दै अदालतले पक्राउका लागि आदेश दिएको हो ।

Logo