सडकमा थरीथरीका लोभलाग्दा गाडीहरु गुडेको देखिन्छ । यि गाडीका मोडलहरु पनि नयाँ नयाँ स्वरुपमा आउने गरेका छन् । गाडी निर्माण गर्ने कम्पनीको हेडक्वाटर कस्तो होला ? सवैको निम्ति कौतलहताको विषय हुनसक्छ यो । "/>

गाडी निर्माता कम्पनीको आकर्षक हेडक्वाटरहरु यस्ता

गाडी निर्माता कम्पनीको आकर्षक हेडक्वाटरहरु यस्ता

केन्द्रबिन्दु
0
Shares

सडकमा थरीथरीका लोभलाग्दा गाडीहरु गुडेको देखिन्छ । यि गाडीका मोडलहरु पनि नयाँ नयाँ स्वरुपमा आउने गरेका छन् । गाडी निर्माण गर्ने कम्पनीको हेडक्वाटर कस्तो होला ? सवैको निम्ति कौतलहताको विषय हुनसक्छ यो ।

बीएमडब्ल्यु

जमर्नको गाडी निर्माता कम्पनी हो बीएमडब्ल्यु । यसको हेडक्वाटर जर्मनमो म्युनिक नामक स्थानमा छ । सन् १९६८ मा यसको निर्माण कार्य सुरु भएको थियो । चार सिलेन्डर टावरको यो हेडक्वाटरको सन् १९७२ मा निर्माण कार्य सम्पन्न भएको थियो । अचम्म त के छ भने, यि चारै सिलेन्डर टावर जमिन भन्दा माथि छ । यसले जमिनको सतहलाई छोएको छैन । चारै सिलेन्डर आपसमा जोडिएका छन् ।

म्याकलेरेन

बिट्रिश कार निर्माता कम्पनी म्याकलेरेनको शानदार हेडक्वाटर इग्ल्यान्डको वुकिङ्ग शहरमा अवस्थित छ । यस हेडक्वाटरको निर्माण कार्य सन् १९९९ मा सुरु भएर २००३ मा सकिएको थियो । यसलाई म्याकलेरेन टेक्नोलोजी सेन्टरको नामले पनि चिनिन्छ । यसका निर्माणका लागि ३ सय मिलियन पाउन्ड खर्च भएको थियो । यो इङ्ल्यान्डको सवैभन्दा महंगो प्राइभेट प्रोजेक्ट भएको दावी गरिएको छ । यसका निर्माणका लागि चार हजार कर्मी खटाइएको थियो ।

रोल्स रायल

विश्वमै एकपछि अर्को शानदार लग्जरी कार प्रस्तुत गर्ने कम्पनी हो, रोल्स रायल । यसको हेडक्वाटर अवुधावीमा छ । उक्त हेडक्वाटरको निर्माण सन् २०११ मा सुरु गरिएको थियो । यसको आकर्षक लुकले विश्वकै ध्यान खिचेको छ । यो भवन छोटो अवधीमा निर्माण भएको थियो । यसको गोल जस्तो आकार आश्चर्य लाग्दो छ ।

जनरल मोटर्स

विश्वको सवैभन्दा ठूलो गाडी निर्माता कम्पनी जनरल मोटर्सको हेडक्वाटर डेट्रायट नामक स्थानमा छ । यसको निर्माण सन् १९७७ मा सुरु भएर १९८१ सम्म चलेको थियो । यो भवन ५५ लाख ५२००० वर्गफीटमा फैलिएको छ । यसको सेन्ट्रल टावरको कुल उचाइ लगभग १८८ फिट अर्थात ५७ मीटर छ ।

फेरारी वल्र्ड
स्पोर्ट कार निर्माता कम्पनी फेरारीले ४ नोवेम्वर २०१० मा यो भवनको निर्माण थालेका थिए । खासमा यसलाई हेडक्वाटरको रुपमा नभइ व्रान्ड्रिको रुपमा वनाइएको थियो । यसको लुक अक्टोपसको जस्तो छ । फेरारी पार्कको नामले पनि चिनिने यहा रोलर कास्टर जस्ता आकर्षक राइडरको मज्जा लिन सकिन्छ ।
एजेन्सी

 

 

Logo