वेलायत
यी बेलायती किशोरीको कुरा सुनेर तपाईलाई उदेग लाग्न सक्छ । उनको नाम हो, फेथ ज्याक्सन । फेथ वेलायतमा वस्छिन् । "/>

१२ वर्षकी बालिका : जसले सात महिनामा ३ सय ६४ वटा पुस्तक पढिन् !

१२ वर्षकी बालिका : जसले सात महिनामा ३ सय ६४ वटा पुस्तक पढिन् !

केन्द्रबिन्दु
0
Shares

वेलायत
यी बेलायती किशोरीको कुरा सुनेर तपाईलाई उदेग लाग्न सक्छ । उनको नाम हो, फेथ ज्याक्सन । फेथ वेलायतमा वस्छिन् । उनी अहिले १२ वर्षकी भइन् । यत्तिका कलिलो उमेरकी किशोरीको कुरा भने निकै ठूलो छ । बेलायतको चर्चित अखबार डेली मेलले उनको आश्चर्यलाग्दो कथा पेश गरेको छ । दुई बर्षअघि उनको वारेमा समाचार आएको छ, जस अनुसार उनले सात महिनामा ३ सय ६४ वटा पुस्तक पढ्न भ्याइन् रे ।

उनलाई कम्प्युटरमा गेम खेल्नु भन्दा पुस्तक पढ्दा मजा आउँदो रहेछ । रोआल्ड दल्ह एवं ह्यारी पोर्टर जस्ता पुस्तकमा उनको गहिरो रुची छ । प्राथमिक तहमा अध्ययनरत छदै शिक्षिकाले पुस्तक पढ्न प्रेरित गरेको उनले वताएकी छिन् ।

फेथ कस्ता पुस्तक पढ्न रुचाउँछिन् ? जवाफमा उनले भनेकी छिन्, ‘जनावर, जादु वा कुनैपनि रोमान्चक पुस्तक पढ्छु ।’ त्यसो त उनको दुनियाँ केवल पुस्तकमा मात्र सीमित छैन । उनी हप्तामा चार घण्टा जिम्न्यास्टिक गर्छिन् । कराँते सिक्छिन् । नेटवल र ड्रम वजाउन पनि सिकिरहेकी छिन् ।

 

Logo