भारत
बलिउड अभिनेत्री कंगना ३१ बर्षमा प्रवेश गर्दैछिन् । २३ मार्च १९८७ मा हिमांचल प्रदेशको सानो शहरमा जन्मिएकी कंगना बी टाउन अर्थात बलिउडमा आफ्नो बोल्ड भूमिका, अभिनय र पर्सनल लाइफको कारण सधै चर्चामा आउने गर्छिन् । "/>

लभ, सेक्स र धोकाका बारेमा कंगनाको उदेगलाग्दो अभिव्यक्ति

लभ, सेक्स र धोकाका बारेमा कंगनाको उदेगलाग्दो अभिव्यक्ति

केन्द्रबिन्दु
0
Shares

भारत
बलिउड अभिनेत्री कंगना ३१ बर्षमा प्रवेश गर्दैछिन् । २३ मार्च १९८७ मा हिमांचल प्रदेशको सानो शहरमा जन्मिएकी कंगना बी टाउन अर्थात बलिउडमा आफ्नो बोल्ड भूमिका, अभिनय र पर्सनल लाइफको कारण सधै चर्चामा आउने गर्छिन् । ३ पटक भारतको नेशनल अवार्ड जितिसकेकी कंगना विवादिन अभिव्यक्तिको कारण पनि चर्चामा आउने गर्छिन् ।
हृत्तिक रोशनसँग ब्रेकअप र कोल्ड वारको बारेमा कंगनाले पछिल्लो बर्ष एक अन्र्तवार्तामा भनेकी थिइन्, ‘यो हामी सबैका लागि जरुरी छ कि, लभ अफेयर्सको क्रममा त्यो क्षणलाई संगालेर राखौं । चाहे पार्टनरसँग सेक्सको क्रममा पेन्टीमा स्पर्मको दाग लागेको कुरा होस् वा उनले दिएको गिफ्ट । जब पार्टनरले आफुसँग बिताएको क्षणको प्रसंग कोट्याउँछ, तब भाग्ने प्रयास गर्छ ।’

फिल्म ‘कट्टी बट्टी’ को प्रमोसनको क्रममा कंगनाले भनेकी थिइन कि उनलाई इन्टिमेन्ट सिन दिन कुनै गाह्रो छैन । यस्तो दृश्य दिइसकेपछि यसो भनिरहनु पर्दैन कि, मेरो इज्जत बचाऔं । मेरो क्लिवेज कसैले नदेखोस् , बचाऔं मलाई ।’

अर्को एक अन्र्तवार्तामा कंगनाले भनेकी छिन्, ‘१८ बर्षको उमेरमा क्रिमी रोल गर्न चाहन्थें, किनकी यही बाटोबाट सफलता मिल्नेछ । मलाई लागेको थिएन कि, कुनै ए ग्रेडका कलाकारले मेरो जस्तो बि ग्रेडको फिल्म गरेको छ । आज मैले ५०/५० दुबै किसिमको फिल्म गरें ।’

Logo