भारत
अभिनेत्री अनुष्का शर्माले टिम इन्डियाका कप्तान विराट कोहलीसँग बिहे गरिन् । बिहेको सिलसिलामा लामो समय उनी बलिउडबाट हराइन् । "/>

जब यस्तो हालतमा बसपार्कमा भेटिइन् अनुष्का शर्मा !

जब यस्तो हालतमा बसपार्कमा भेटिइन् अनुष्का शर्मा !

केन्द्रबिन्दु
0
Shares

भारत
अभिनेत्री अनुष्का शर्माले टिम इन्डियाका कप्तान विराट कोहलीसँग बिहे गरिन् । बिहेको सिलसिलामा लामो समय उनी बलिउडबाट हराइन् । त्यसपछि अनुष्का भूत बनेर फिल्म हलमा आइन् । फिल्म ‘परी’मा उनी भूतको अवतारमा देखा परेकी हुन् । यो फिल्मको निर्माता पनि उनै थिइन् । फिल्म प्रदर्शन भएपछि पाकिस्तानमा यसलाई रोक लगाइयो । मुस्लिम विरोधी प्रसंग राखिएको भन्दै फिल्मको प्रदर्शनमा रोक लगाइएको थियो । भारत तथा अन्य देशबाट यसले औसत कारोबार ग¥यो ।

त्यसपछि अनुष्का वरुण धवनको नयाँ फिल्म ‘सुई धागा’मा अनुबन्धित भइन् । अहिले उनी त्यही फिल्मको सुटिङमा छिन् । मध्य प्रदेशको भोपालमा सुटिङ चलिरहेको छ । यसैबीच भोपाल हलालपुरको बसपार्कमा एकाएक अनुष्का देखा परिन् । त्यहाँ उनले सूतीको साडी लगाएकी थिइन् । एकदम साधारण गुलाबी सेतो रंगको साडी थियो । फ्लोरल प्रिन्ट भएको साडीमा उनी निकै दुखी देखिएकी थिइन् । अनुष्का दुखी भएर हिँडिरहेकी थिइन् ।

वास्तवमा यो फिल्मको सुटिङ थियो । फिल्म सुई धागाको सुटिङमा अनुष्कालाई यस्तो रुपमा देखिएको हो । मेड इन इन्डियाको थिममा बनिरहेको फिल्ममा मध्य प्रदेशको लोकेसन छनौट गरिएको छ ।

Logo