ट्रम्प र किमले दिए करोडौ जनतालाई ‘सरप्राइज’

ट्रम्प र किमले दिए करोडौ जनतालाई ‘सरप्राइज’

केन्द्रबिन्दु
0
Shares

एक अर्कालाई देखि नसहने उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशका करोडौ जनतालाई ‘सरप्राइज’ दिएका छन् । केही समय अघिसम्म सिध्याइदिने धम्की दिईरहेका यी दुईले भेटघाट गर्ने बिषयले जनता भने आश्चर्यचकित भएका छन् ।

भेटका लागि किमले गरेको प्रस्ताव ट्रम्पलेले स्वीकारेका छन्।दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङका अनुसार चाँडै ट्रम्पले किम जोङ उनसँग भेटदैछन् । समाचार अनुसार किमले भविष्यमा परमाणु बम एवं मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका छन् ।

यो घोषणा दक्षिण कोरियाली प्रतिनिधीमण्डलको यसै हप्ता उत्तर कोरियाका नेतासँग संवाद भएपछि भएको हो। दुई कोरियाबीच शीतकालिन ओलम्पिकपछि सम्बन्ध सुधारको सम्भावना देखिएको थियो । त्यसो त ट्रम्पले ट्वीट गर्दै यो बिषयलाई ‘ठूलो उपलब्धी’ भएको बताएका छन् ।

फोटो: सांकेतिक

Logo