केन्द्रबिन्दु डेस्क ।  उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियाको मन्त्री स्तरिय प्रतिनिधि मण्डलको पेङयोङमा भब्य स्वागत गरेपछि अन्तर्राष्ट्रिय राजनीति तरङगित भएको छ । "/>

७ बर्षपछि उत्तरमा दक्षिण कोरियाको डिनर

७ बर्षपछि उत्तरमा दक्षिण कोरियाको डिनर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियाको मन्त्री स्तरिय प्रतिनिधि मण्डलको पेङयोङमा भब्य स्वागत गरेपछि अन्तर्राष्ट्रिय राजनीति तरङगित भएको छ ।

दुई कोरियावीचको सम्बन्ध सुधारोन्मुख हुदै गएको संकेत दिंदै किम जोङ उनले दक्षिण कोरियाली टोलीको स्वागतार्थ पेङयोङमा रात्रीभोजको आयोजना समेत गरेका छन् । सन् २०११ पछि उत्तर कोरिया पुगेर त्यहाँका शासकसंगै एउटै टेबलमा बसेर कुनै पनि दक्षिण कोरियाली नेताले डिनर गरेको यो पहिलो तथा ऐतिहासिक अवसर हो ।

दक्षिण कोरियाको मुख्य उद्धेश्य उत्तर कोरिया र अमेरिकावीचको आणविक वार्ता सफल बनाउनु हो । यही सन्देश बोकेर दक्षिण कोरियाली टोली उत्तरतर्फ उडेको हो । उत्तर जाने दक्षिणको टोलीमा सियोलका गुप्तचर प्रमुखसंगै राष्ट्रिय सुरक्षा सल्लाहकार पनि रहेकाले यो भ्रमण निकै महत्वपूर्ण रहेको विश्लेषण गरिएको छ ।

दक्षिण कोरियाले जसरी भएपनि उत्तर कोरियाको आणविक हतियारमाथी नियन्त्रण गरिनुपर्ने चाहाना राख्दै आएको छ । यसो भए कोरियाली प्रायद्धिपमा शान्ति स्थापना हुनेमा दक्षिणको विश्वास छ । गत फेब्रुवरी महिनामा दक्षिण कोरियामा भएको विन्टर ओलम्पिकपछि दुई कोरियाली मुलुकविचको सम्बन्ध सुधारिंदै गएको देखिएको छ । एजेन्सीको सहयोगमा

 

Logo