चीन
खुर्सानीको नाम सुन्ने बित्तिकै पिरो हुन्छ । यसलाई खानामा प्रयोग गर्नु भन्दा बाहेक अरु के के मा प्रयोग गर्न सकिएला र ? तर यो समाचार सुने पछि तपाईंको अनुमान पनि फेल खान सक्छ । "/>

खुर्सानी चपाएर राजा बन्ने अनौठो राज्य !

खुर्सानी चपाएर राजा बन्ने अनौठो राज्य !

केन्द्रबिन्दु
0
Shares

चीन
खुर्सानीको नाम सुन्ने बित्तिकै पिरो हुन्छ । यसलाई खानामा प्रयोग गर्नु भन्दा बाहेक अरु के के मा प्रयोग गर्न सकिएला र ? तर यो समाचार सुने पछि तपाईंको अनुमान पनि फेल खान सक्छ । चीनमा पिरो खुर्सानी धेरै खाएर ‘खुर्सानीको राजा’ बन्ने अनौठो प्रचलन रहेको छ । चीनमा प्रत्येक वर्ष मनाइने ‘खुर्सानी महोत्सव’मा अत्यन्तै पिरो मानिने रातो खुर्सानी छोटो समयमा धेरै खाएर एक युवा ‘खुर्सानीको राजा’ अर्थात चिल्लि किंग बन्ने गरेका छन् । यसलाई निरन्तरता दिंदै यसवर्ष चीनको हुनान प्रान्तस्थित निंगसियांग शहरमा आयोजित महोत्सवमा सु नाम गरेका ती युवकले ६० सेकेण्डमा १५ ओटा खुर्सानी खाएर पहिलो भएपछि उनी ‘खुसार्नीको राजा’ बनेका हुन् ।

चिनियाँ सरकारी सञ्चार माध्यम ‘ग्लोबल टाइम्स’का अनुसार यस प्रतिस्पर्धामा सहभागी प्रत्येक प्रतियोगीले अत्यन्तै पिरो मानिने तथा चीनमा ‘खुर्सानीको राजा’ नामले चिनिने बिशेष प्रकारको खुर्सानी जतिसक्दो धेरै खानु पर्ने हुन्छ , त्यो पनि पानी र खुर्सानी मिसाएर हालिएको ठूलो भाँडो भित्र बसेर । उक्त प्रतियोगीतामा अत्यन्तै पिरो पानीमा बसेर खुर्सानी खानु पर्ने भएकोले प्रतियोगीहरुको पेट भित्र मात्र नभई शरीरका बाहिरी संवेदनशील अंगहरु आँखा, कान लगायत गुप्तांगहरुमा समेत खुर्सानीको पिरोले पोल्ने गर्दछ । अत्यन्तै कठिन मानिने यो प्रतिस्पर्धामा सहभागी हुन चाहने मानिसको संख्या भने बढ्दो रहेको बताइन्छ ।
एजेन्सी

 

Logo