भारत
सुन्दै अचम्म लाग्छ तर सत्य पनि हो । भारतमा एकजना नाउले अचम्म लाग्दो तथा असामान्य तरिकाले कपाल काट्ने गरेका छन् । "/>

जहाँ कपाल काट्न कैंची होइन आगोको प्रयोग गरिन्छ..!

जहाँ कपाल काट्न कैंची होइन आगोको प्रयोग गरिन्छ..!

केन्द्रबिन्दु
0
Shares

भारत
सुन्दै अचम्म लाग्छ तर सत्य पनि हो । भारतमा एकजना नाउले अचम्म लाग्दो तथा असामान्य तरिकाले कपाल काट्ने गरेका छन् । ती नाउले आफ्नो सैलुनमा कपाल काट्न आउने ग्राहकहरुलाई कैंची विना नै कपाल काटिदिन्छन् । उनले आफ्नो ग्राहकको कपाल आगोको लप्काले काट्छन् ।

टाउकोमै आगो लगाएर कपाल काट्ने असामान्य तरिकाको प्रयोग गर्ने पहिलो व्यक्ति आफु भएको उनको दाबी छ । ती व्यक्तिका अनुसार कपाल काट्नु अघि ग्राहकको टाउकोमा एक प्रकारको प्रज्वलनशिल पाउडर लगाउनु पर्छ । त्यसपछि हातमा लाइटर राखेर विस्तारै आगो लगाएर काइँयोले आगो निभाउदै कपाल मिलाउनु पर्छ । डेली मेलका अनुसार हिजोआज ती नाउको सैलुनमा असामान्य तरिकाले कपाल काट्न आउनेको भन्दा हेर्नेको भिड बढी लाग्ने गरेको छ । ती व्यक्तिले एकपटक आगोले कपाल पोलेर काइँयोले मिलाएपछि पुनः पाउडर लगाएर आगो लगाउँछन् र काइँयोले कपाल मिलाउँछन् । ग्राहकको सन्तुष्टि अनुसार ती नाउले प्रयोगात्मक तरिकाबाट कपाल काटेका हुन् ।

उनले ग्राहकले जब सम्म सन्तुष्टि प्राप्त गर्दैनन्, तब सम्म कपालमा आगो लागाउने र काइँयो मिलाउने काम जारी राख्ने गरेको बताउँछन् । भारतमा आगोको सहायताले विना कैँची कपाल काट्ने गरीएको अहिले सम्मकै यो पहिलो घटना मानिए पनि यस अघि मैनबत्तीको सहायताले कपाल काट्ने प्रचलन भने शुरु भैसकेको थियो । गुलवारग्स शहबाद गाँउमा रहेको दर्शाथ अफ राज मेन्स पार्लरले मैनबत्तीको सहायताले कपाल काट्न शुरु गरेको हो । यस पार्लरले विगत ६ वर्ष देखि लामो कपालहरु टुक्राउन मैनबत्तीको सहायता लिइएको उल्लेख गरेको छ ।
एजेन्सी

Logo