स्कुले विद्यार्थीलाई किन अपहरण गर्छ बोको हराम

स्कुले विद्यार्थीलाई किन अपहरण गर्छ बोको हराम

केन्द्रबिन्दु
0
Shares

सन् २०१४ को अप्रिल महिनामा बोको हराम आतंकवादी संगठनले नाईजेरियाको चिबोकमा रहेको एक स्कुलमा आक्रमण गरेर २ सय ७६ छात्राहरुलाई अपहरण गरेर लगे । केही छात्राहरु आफै भाग्न सफल भए भने केहि छात्रा अन्तराष्ट्रिय संस्थाको मध्यस्थतावाट छुटे । अझैं पनि यो अपरहरणमा परेका १ सय छात्राहरुको कुनै किसिमको अत्तोपत्तो रहेको छैन ।

यो घटना भएको ४ बर्ष पछि बोको हरामले गत हप्ता १ सय १० छात्राहरुको फेरी अपहरण गरेको छ ।

छात्राहरु नै किन अपहरित हुन्छन् ?

अफ्रिकाको सर्वाधिक जनसंख्या रहेको नाईजेरियामा विगत केही दशक देखि बम आक्रमण, हत्या र अपहरण गरे सर्वसाधारणमा संत्रास फैलाउन बोको हराम आतंकवादी संगठन सफल भएको छ । यो संगठनको चाहना भनेको नाइजेरियाको सरकारलाई अपदस्त गरेर इस्लामिक स्टेटको स्थापना गर्न चाहनु पनि हो ।

चलनचल्तिमा आएको बोको हराम आतंकवादी संगठनको आधिकारी नाम जमात एहल अस–सुन्ना लिद–दावा वल–जिहाद हो । यसको अर्थ पैगम्बर शिक्षा र जिहादको प्रचारका लागि कटिबद्ध ब्यक्ति हो । उत्तरपूर्व शहर मैदुगरी शहर यो समूहको गढ मानिन्छ, जहाँ यसलाई बोको हराम भनिन्छ । जसको अर्थ पश्चिमी शिक्षा हराम हो भन्ने पनि हो ।

अहिले छात्रछात्रा पश्चिमी शैलीको शिक्षा लिन चाहने भवना अत्याधिक बढेको छ । त्यसैले बोको हराम संगठन यदी तिमिहरु पश्चिमी शिक्षा दिन थाल्छौ भने हामी छात्राहरुलाई अपहरण गर्छौ भन्छन् । किनकी यो हाम्रो धर्मको बिरुद्ध भएको कारण हामी आक्रमण समेत गर्छौ ।

अपहरणमा परेका छात्रालाई के गर्छ

अपहरणमा परेका विद्यार्थीहरु मध्ये छात्रलाई हतियार चलाउने अभ्यास गराउछन् भने छात्राहरुलाई ग्रामिण क्षेत्रमा मजदुरी गर्न लगाउछन् । यसरी केही बर्ष बिताएपछि छात्राहरुलाई तिनै लडाकुहरुको यौनदासी बनाउछन् भने कसैलाई आत्मघाती वम आक्रमण गर्ने लडाकु बनाउछन् ।

बोको हरामको वारेमा जानकारहरुका अनुसार नाईजेरियाको पूर्वोत्तर भाग चाडसंग जोडिएको छ । यो क्षेत्रमा बोकोहरामले धेरै नै आतंकवादी हिड्ने बाटोहरु बनाएको छ । यि नै बाटोहरुको प्रयोग गरेर अपहरणमा परेका छात्राहरुलाई हतियार ल्याउन लगाउछ । बोको हरामको आर्थिक स्रोत भनेको लागू पदार्थको कारोवार पनि भएको कारण उनीहरु अपहरणमा परेकै छात्राहरुको प्रयोग गरेर लागू पदार्थको तस्करी समेत गराउछन् । अर्को कारणमा उनीहरुलाई पश्चिमी शिक्षा लिदा अपहरणमा परिन्छ भन्ने डर पैदा गरेपछि उनीहरु इस्लामिक शिक्षा लिन खोज्छन् ।

सरकार केही गर्न किन सक्दैन

सन् २०१४ मा भएको अपहरणको काण्डमा बन्दि भएका छात्राहरुलाई नै छुटाउन सरकारले नसकेपछि नाईजेरियाको सरकार बोकोहरामलाई कार्वाही गर्न सक्दैन भन्ने कुरा स्पष्ट भैसकेको छ । नाईजेरियाको ६ वटा प्रान्तमा बोको हरामको प्रभाव रहेको छ । अझ भनौं यि प्रान्तहरुमा सरकारको कुनै किसिमको उपस्थिती नै छैन भने हुन्छ । स्थानिय स्तरमा बोको हरामकै कानून र प्रशासन चल्ने गरेको छ । सर्वसाधरणहरु आफ्नै छोरा छोरी अपहरणमा परेपनि कतै गएर गुनासो गर्दैनन् । यदी गरेमा उनीहरु कडा सजायको भागिदार हुनु पर्छ । अधिकांश जनता गरिव भएको कारण र अपहरणमा पर्ने डरले गर्दा पनि बोको हराम संगठनको समर्थन गर्नु पर्ने अवस्था रहेको छ ।

सन् १९०३ मा ब्रिटेनले उत्तरी नाईजेरिया, नाइजर र दक्षिण क्यामरुन इलाकालाई आफ्नो नियन्त्रणमा लिएपछि मुस्लिम जनसंख्या बढी रहेको क्षेत्रमा पश्चिमी शिक्षालाई बहिष्कार गराउने लहर चलेको थियो । यो चलन चलेको १ सय बर्ष नाघेपनि अझैं पनि समस्याको समाधान हुन सकेको छैन ।

Logo