सिरियामा पाँचघण्टा मात्र हवाई कारबाही बन्द

सिरियामा पाँचघण्टा मात्र हवाई कारबाही बन्द

केन्द्रबिन्दु
0
Shares

सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा सिरिया र रुस सरकारले संयुक्त रुपमा गरेको हिंसात्मक हवाई हमलाको कारबाही पाँच घन्टाका लागिमात्र बन्द गर्ने सहमति भएको छ ।

गत हप्तादेखि जारी रहेको सो कारबाहीमा ५ सय ५० सर्वसाधारणको मृत्यु भएपछि रुस सरकारले मङ्गलबारबाट पाँच घण्टा हवाई हमला रोक्ने निर्णय गरेको छ ।

सिरियाको पूर्वी गुटा नगरमा मङ्गलवारदेखि दैनिक पाँच घण्टा हवाई हमला बन्द गरिने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिएका छन् ।

हवाई हमलामा मारिएका सर्वसाधारणमा एक चौथाई बालबालिका रहेका छन् । सिरियामा जारी सातवर्ष लामो यस द्धन्दमा गुटा नगरमा भएको यो आक्रमण अत्यन्त रक्तपातयुक्त भएको बताइएको छ ।

सिरियाको राजधानी दमास्कसको नजिकै रहेको यस गुटा नगरका चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन् ।

दमास्कस र मस्कोको संयुक्त सहभागीतामा गुटा सहरमा भएको हिंसात्मक हवाई कारबाहीलाई स्थगित गरी कम्तीमा ३० दिनसम्म युद्धविरामगर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले प्रस्ताव गरेको गरेको छ ।

तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले आग्रह गरेका छन् ।

महासचिव गुथ्रेसले युद्धले निम्त्याएको गुटाको अहिलेकोजस्तो नर्कजस्तो स्थिति अन्त्यगर्न सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका थिए । तर उनको भनाई जस्तो कार्य भने हुनसकेको छैन ।

विद्रोही नियन्त्रित उक्त क्षेत्रमा रुसी सहयोगका सरकारी फौजले आक्रमण जारी राखेपछि महासचिवको उक्त प्रतिक्रिया आएको हो ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गत शनिबार सिरियाभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।

सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा गत आठ दिनयतादेखि जारी रहेको भीषण हमलामा क्लोरिन ग्याससमेत प्रयोग गरेको एउटा चिकित्सक समूहले जानकारी दिएको छ । यस विषयमा सिरिया सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन ।

Logo