दामसकस
अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ । "/>

सिरियामा २५ नागरिकको मृत्यु, मारिनेमा अधिकांश बालबालिका

सिरियामा २५ नागरिकको मृत्यु, मारिनेमा अधिकांश बालबालिका

केन्द्रबिन्दु
0
Shares

दामसकस
अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ । अनुगमनकर्ताहरूले सोमबार दिएको जानकारी अनुसार आतंकवादी विरुद्ध भन्दै गरिएको आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो ।

इस्लामिक स्टेट (आइएस) लडाकूको पक्कडक्षेत्र मानिने उफ्राटेस नदीको किनारमा आईतबार हवाई आक्रमण भएको थियो । बेलायतको लण्डनमा कार्यालय रहेको अनुगमनकारी संस्थाले मारिएका मध्ये आधा भन्दा बढी बालबालिका रहेको जनाएको छ । सिरियाली राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले २९ जनाको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको समाचार प्रवाह गरेको छ । देर अजोरमा गत हप्ता पनि अमेरिका नेतृत्वको हवाई सेनाको आक्रमणमा परी १५ नागरिकको मृत्यु भएको सानाले जनाएको थियो । कुर्द नेतृत्वको प्रजातान्त्रिक शक्ति (एसडीएफ) लाई अमेरिका नेतृत्वको गठबन्धनको समर्थन रहँदै आएको छ ।
रासस/सिन्ह्वा

Logo