अमेरिका
आखिर मान्छेको भाग्य छ भने डोकामा दुध हाले पनि अडिन्छ भनिन्छ । यसको अर्थ हो कसैको भाग्य चम्किनु छ भने ठूलो परिश्रम केही गर्नु पर्दो रहेनछ, मात्र समयको संयोग मिल्नु पर्ने रहेछ । "/>

सडकमा भेटिएको २० डलरले यसरी बनायो करोडपति !

सडकमा भेटिएको २० डलरले यसरी बनायो करोडपति !

केन्द्रबिन्दु
0
Shares

अमेरिका
आखिर मान्छेको भाग्य छ भने डोकामा दुध हाले पनि अडिन्छ भनिन्छ । यसको अर्थ हो कसैको भाग्य चम्किनु छ भने ठूलो परिश्रम केही गर्नु पर्दो रहेनछ, मात्र समयको संयोग मिल्नु पर्ने रहेछ ।
अमेरिकामा एक जना युवकको भाग्य एकाएक यसै गरी चम्किएको छ । सडकमा भेटिएको २० डलरको नोटले उनलाई अहिले करोडपति बनार्इ दिएको छ । सन्फ्रान्सिस्कोमा बस्ने ह्युबर्ट ट्यांग नामका युवक इन्टर्नेशनल एयरपोर्टमा उभिएका थिए । तब उनको नजर सडक किनारामा कसैले खसालेर छोडेको २० डलरको एउटा नोटमा पर्यो । उनले तुरुन्तै त्यो नोट टिपे र गोजीमा हाले । त्यसपछि ढिलो नगरीकनै उनले सिधै चिठ्ठा पसलमा गएर २० डलरका २ वटा चिठ्ठाको टिकट किने ।

सायद भेटाएको पैसाले अरु वस्तु किन्नु भन्दा चिठ्ठा किन्नु नै ठिक हुन्छ भन्ने उनले सोचे होलान् । भेटिएको पैसा लक्की हुन्छ भन्ने धारणा पनि छ । तर यसरी उक्त पैसाले किनेको चिठ्ठाले आफ्नो भाग्य बदलिदेला भन्ने चाहिं उनले कहिल्यै सोचेका थिएनन् । ह्युबर्टले खरीद गरेका २ टिकट मध्ये एउटा तत्कालै साथीहरुका अगाडि नै स्क्रयाच गरे । उक्त चिठ्ठामा उनलाई १० लाख अमेरिकी डलर पर्यो । त्यसपछि के चाहियो ? एयरपोर्ट नजिकै बारमा काम गर्ने उनी एकाएक करोडपति बने ।
एजेन्सी

Logo