नयाँदिल्ली
चालिस वर्ष उमेर मुनिका पुरुषहरूमा हुने मुटु रोगको खतरा तिनीहरूको अधिक शारीरिक वजन भन्दा तालु खुइलिनु र उमेर नपुग्दै केश फुल्नुसँग बढी सरोकार रहेको कुरा हालै गरिएको स्वास्थ्य सम्बन्धी नयाँ अनुसन्धानले पत्ता लगाएको छ । "/>

तालु खुइले र केश फुल्नेलाई मुटु रोगको खतरा उच्च !

तालु खुइले र केश फुल्नेलाई मुटु रोगको खतरा उच्च !

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली
चालिस वर्ष उमेर मुनिका पुरुषहरूमा हुने मुटु रोगको खतरा तिनीहरूको अधिक शारीरिक वजन भन्दा तालु खुइलिनु र उमेर नपुग्दै केश फुल्नुसँग बढी सरोकार रहेको कुरा हालै गरिएको स्वास्थ्य सम्बन्धी नयाँ अनुसन्धानले पत्ता लगाएको छ । भारतमा दुई हजार जना भन्दा बढी युवामा गरिएको अध्ययनबाट पूरा केश हुनेहरूलाई भन्दा तालु खुइले र समय नपुग्दै केश फुलेकाहरूलाई बढी मात्रामा कोरोनरी धमनी रोग लाग्ने गरेको पत्ता लागेको छ ।

भारत स्थित मुटुरोग समाजको वार्षिक सम्मेलनमा युरोपेली मुटुरोग समाजको अध्ययन प्रतिवेदन सार्वजनिक गरिने भएको छ । तर बेलायती हृदय प्रतिष्ठानले भने मुटुरोगका लागि अन्य कारणहरू प्रमुख हुने बताएको छ । प्रतिष्ठानका सहायक चिकित्सा निर्देशक डा. मायक न्याप्टनले भनेका छन्– ‘यस अध्ययनले केश झर्ने र फुल्ने पुरुषहरूको पहिचान गरी तिनीहरूलाई मुटु सम्बन्धी रोग लाग्ने सम्भावना बढी रहने पत्ता लगाउन सकिन्छ । तर यो बाहेक रक्तचाप र उच्च कोलेस्टेरालबाट पनि बच्नका लागि जीवनशैली परिवर्तन गर्नु जरुरी हुन्छ ।’

केशको स्वरुप भन्दा जीवनशैली बढी महत्त्वपूर्ण हुन्छ । कोरोनरी धमनी रोग भएका ४० वर्ष भन्दा कम उमेरका पुरुष र सोही उमेर समूहका स्वस्थ पुरुषहरू माथि गरिएको यस सम्बन्धी अनुसन्धानको प्रतिवेदन कोलकातामा आयोजना हुने मुटु समस्या अध्ययन को ६९ औं सम्मेलनमा प्रस्तुत गरिने भएको छ । तर अझैपनि मोटोपनालाई यसको तुलनामा मुटु रोग निम्त्याउने चार गुणा बढी खतराका रूपमा लिइने गरिएको छ ।

स्वस्थ मुटुका लागि प्रशस्त मात्रामा फलफूल र सागपात खाने, धूम्रपान त्याग्ने , सक्रिय रहने, शारीरिक वजनलाई सन्तुलित राख्ने, रेशादार खानाको अधिक सेवन गर्ने, संतृप्त चिल्लो कम खाने, नुनको मात्रा कटौति गर्ने, माछा खाने र कम रक्सी सेवन गर्ने तथा खाद्यान्न र पेय पदार्थको प्याकेजिङमा राम्ररी ध्यान दिने गर्नु पर्दछ । अस्वथ जीवनशैली र प्रदूषण तथा मिसावटयुक्त खानाका कारण अचेल मुटुको समस्याबाट विश्वमा अकाल मृत्यु वरण गर्ने युवाहरूको संख्या बढिरहेकोमा संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठन चिन्तित रहेको छ ।
एजेन्सी

Logo