श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइदै

श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइदै

केन्द्रबिन्दु
0
Shares

मुम्बइ, १४ फागुन (रासस/एएफपी ) -भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उहाँको मृत्यु भएको थियो । 

अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेकोले उहाँको पार्थिक शरीरलाई सोमबार अपरान्हसम्म पनि मुम्बइ ल्याउन सकिएको छैन । 

सोमबार साँझसम्म उहाँको पार्थिक शरीरलाई मुम्बइ ल्याइने र आज राति अबेर हुने भएकोले भोली उहाँको अन्तिम संस्कार हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

‘डेथ सर्टिफिकेट’ प्राप्त नभएकोले ढिला भएको र त्यो प्राप्त गरेपछि स्वदेश पठाइने दुबइमा रहेको भारतीय दूतावासका अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीहरुकाअनुसार संयुक्त अरब इमिरेट्सको स्थानीय समयाअनुसार अपराह्न ३ः३० बजे उहाँको पार्थिक शरीर आफन्तजनलाई दिने जानकारी अस्पतालले दिएको छ ।  

उहाँको निधनको समाचारले भारतीय सिने जगतका साथै उहाँलाई मनपराउने सर्वसाधारणलगायत विदेशीसमेत स्तब्ध भएका छन् । 

साथै यस निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन् । 

चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षको मात्र हुनुहुन्थ्यो । उहाँका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, 
खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्रमा अभिनय गर्नुभएको छ । 

उहाँको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । उहाँ यी चर्चितसहित डेढ सयभन्दा बढी चलचित्र रहेका छन् । 

चर्चित अभिनेत्री श्रीदेवी बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगतमा प्रवेश गर्नुभएको थियो । 

Logo