एकै पटक दुई देशमा भुकम्प

एकै पटक दुई देशमा भुकम्प

केन्द्रबिन्दु
0
Shares

बेइजिङ, १४ फागुन (रासस/सिन्ह्वा) – पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । 
सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त भएको छैन । 

त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार जापानको फुकुसिमा प्रान्तमा केन्द्रबिन्दु रहेको ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । 

फुकुसिमा प्रान्तको तटीय क्षेत्रमा सो भूकम्प गएको भएतापनि हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । 

जापानको उत्तरपूर्वी प्रान्त फुकुसिमामा गएको सो भूकम्प स्थानीय समयाअनुसार सोमाबार विहान सवेरै १ः२८ मा गएको थियो । 

जापानको भूकम्प मापन केन्द्रले पनि यस भूकम्पपछि सुनामीको चेतावनी दिएको छैन । यस भूकम्पको कम्पन पूर्वी जापानी राज्य मियाग, इबाराकी टोचिगी, गनमा र टोकियो छिमेकमा पर्ने चिबा र सैटामामा समेत महसूस गरिएको थियो । 

Logo