काठमाडौँ
धेरै मानिसहरु एउटै गोत्र विच विवाह गर्नु हुँदैन भन्छन् तर किन भन्ने कारण चाहिं कमैलाई मात्र थाहा छ । हिन्दुधर्मको सोह्र संस्कार मध्ये एक संस्कार विवाह पनि हो । "/>

आफ्नै गोत्र भित्र विवाह गरिदैंन , किन ? यस्तो छ कारण…!

आफ्नै गोत्र भित्र विवाह गरिदैंन , किन ? यस्तो छ कारण…!

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
धेरै मानिसहरु एउटै गोत्र विच विवाह गर्नु हुँदैन भन्छन् तर किन भन्ने कारण चाहिं कमैलाई मात्र थाहा छ । हिन्दुधर्मको सोह्र संस्कार मध्ये एक संस्कार विवाह पनि हो । विवाहले वरवधु मात्र नभई दुई परिवार बीचको सम्बन्ध पनि बलियो बनाउँछ । हिन्दुधर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । आजकल यो परम्पराको पालन गर्न मानिसहरुले अटेर गर्न थालेका छन् तर धर्मग्रन्थहरूमा भने सहगोत्री विवाहलाई निषेध गरिएको छ ।

अनेक अनुसन्धानहरूले व्यक्तिहरुलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात नजिकैको नातेदारसँग विवाह गर्न नहुने सुझाव दिएका छन् । नातेदारहरूमा जीन सेपरेसन अर्थात विभाजन हुन पाउँदैन । एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात रंग नचिन्ने रोग पनि लाग्छ ।

यस्तो जोडीको बच्चामा विचारधारा, रुचि र व्यवहारमा कुनै नयाँपन हुँदैन । बच्चामा रचनात्मकता हुँदैन । उनीहरूको मानसिक विकास पनि हुँदैन । त्यस्ता बच्चालाई मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने समस्या र अनेकथरी वंशाणुगत रोग लाग्छन् । त्यसैले एउटै गोत्रका मानिसहरु वीचको विवाहले बैवाहिक जीवन दुखद हुन सक्ने सम्भावना रहन्छ ।
एजेन्सी

Logo