भारतिय अभिनेत्री श्रीदेवी कपुरको निधन ( को हुन् श्रीदेवी )

भारतिय अभिनेत्री श्रीदेवी कपुरको निधन ( को हुन् श्रीदेवी )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भारतिय अभिनेत्री श्रीदेवी कपुरको निधन भएको छ । ५४ वर्षिय अभिनेत्री कपुरको शनिबार राती निधन भएको भारतिय संचार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।  दुबईको एक विवाह समारोहमा भाग लिन गएकी श्रीदेवीको शनिवार दुबईमै निधन भएको थियो । उनको निधनका बेला उनका परिवारहरु दुबईको एक वैवाहिक समारोहमा उपस्थित रहेका थिए । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । उनको निधनले भारतिय फिल्म उद्योगले एक होनहार कलाकार गुमाएको छ । श्रीदेवीको निधन पछि उनका समकक्षीहरुले उनीप्रति गहिरो समवेदना व्यक्त गर्दै ट्वीट गरेका छन् ।

 

 

श्रीदेवीको निधनमा उनका लाखौं शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको हो । उनले आफ्नो पहिलो करियरको शुरुवात चार वर्षको उमेरमा बालकलाकारबाट गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’ मा अभिनय गरेकी थिइन् । त्यसैगरि उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा पनि अभिनय गरिन् । श्रीदेवीले सन् १९७९ देखि भने मुख्य कलाकारको भूमिका निर्वाह गर्न थालिन् । सोलहवा साल उनको मुख्य अभिनय रहेको हिन्दी फिल्म थियो । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् । जितेन्द्र र श्रीदेवी मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दर्शक माझ ल्याएका थिए । जतिबेला उनीहरुले दर्शकको माया खुबै पाएका थिए ।

सन् १९९७ मा फिल्म ‘जुदाई’ पछि श्रीदेवी १५ वर्षका लागि फिल्म क्षेत्रबाट बाहिर रहिन् । त्यसपछि सन् २०१२ मा इङ्लिस भिङ्लिस फिल्ममा अभिनय गरिन् । यो फिल्म पनि सुपरहिट भयो । सन् २०१७ मा श्रीदवीको फिल्म ‘मम’ रिलिज भएको थियो । ‘मम’ उनको ३ सय औं फिल्म थियो ।

Logo