साउदी
यहाँ भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएका ११ साउदी राजकुमारलाई थुन्नका लागि एउटा पाँचतारे होटललाई नै जेल बनाइएको छ । "/>

जब पाँचतारे होटल एकाएक जेलमा परिणत भयो…!

जब पाँचतारे होटल एकाएक जेलमा परिणत भयो…!

केन्द्रबिन्दु
0
Shares

साउदी
यहाँ भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएका ११ साउदी राजकुमारलाई थुन्नका लागि एउटा पाँचतारे होटललाई नै जेल बनाइएको छ । साउदी अरबमा हालै त्यहाँका ११ राजकुमार, चार वहालवाला मन्त्री र दर्जनौं पूर्वमन्त्रीलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएका ११ राजकुमारलाई पाँचतारे होटल रित्ज कार्लटनमा राखिएको छ ।

सो होटललाई नै अहिले राजपरिवारका सदस्य थुन्ने जेल बनाइएको हो । यो होटलमा साउदी सरकारले आफ्नो मुलुकको भ्रमणमा आउने विदेशी विशिष्ट अतिथिहरु राख्ने गर्दथ्यो । किंग अब्दुल्लाजीज कन्भेन्सन सेन्टर नजिकै रहेको यो होटलमा ६ रेस्टुरेन्ट, इन्डोर स्वीमिङ पुल सहित विभिन्न सुविधा छन् ।

युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठित भ्रष्टाचार विरुद्धको नयाँ कमिटीले ११ जना राजकुमार, चार जना बहालवाला मन्त्री र दर्जनौं पूर्वमन्त्रीलाई गिरफतार गरेको हो । पक्राउ पर्नेमा ट्वीटर र एप्पलमा लगानी रहेका राजकुमार अलवालिद बिन तलाल पनि छन् ।
एजेन्सी

Logo