रसिया
रसियाकी यि महिलाको नाम विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा रेकर्ड भएको छ । रसियन मोडेल इकाटेरिना लिसिनाले यस्तो किर्तिमान राखेकी हुन् । "/>

सबैभन्दा लामो खुट्टा भएकी यस्ती महिला

सबैभन्दा लामो खुट्टा भएकी यस्ती महिला

केन्द्रबिन्दु
0
Shares

रसिया
रसियाकी यि महिलाको नाम विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा रेकर्ड भएको छ । रसियन मोडेल इकाटेरिना लिसिनाले यस्तो किर्तिमान राखेकी हुन् । यिनले यो भन्दा अघि नै विश्वकी अग्ली मोडलको उपाधि पनि प्राप्त गरिसकेकी छिन् । उनको लम्बाई ६ फिट ९ इन्च रहेको छ । २९ बर्षीया यि मोडलको बायाँ खुट्टाको लम्बाई १३२.८ सेन्टिमिटर छ भने दायाँ खुट्टाको लम्बाई १३२.२ सेन्टिमिटर रहेको छ ।

खासमा इकाटेरिना लिसिनाको परिवारका सबै सदस्यहरु अग्ला नै रहेका छन् । उनका दाजू ६ फिट ६ इन्च अग्ला छन् । जबकी उनका बुवा ६ फिट ५ इन्च अग्ला छन् भने उनकी आमा ६ फिट १ इन्च अग्ली रहेकी छिन् । लिसिना भन्छिन्, गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम आउनु मेरा लागि एकदमै गर्वको विषय रहेको छ । गिनिज बुकमा नाम लेखाउन पाउँदा निकै अनौठो अनुभुति भइरहेको भन्दै यसले दिनानुदिन पाइरहेको सकारात्मक दृष्टिमा अझै बढोत्तरी हुने विश्वास रहेको बताइन् । कुनै बेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनु परेकी यि मोडलले अन्ततः विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएर विश्वभर चर्चा पाएकी छिन् ।
एजेन्सी

 

Logo